सबैभन्दा बढी भ्रमण गरिने गन्तव्य लुम्बिनी, एकवर्षमा करिब १८ लाखले गरे दर्शन



काठमाडौं । नेपालमा सबैभन्दा भ्रमण गरिने गन्तव्यमा लुम्बिनी परेको छ । आर्थिक सर्वेक्षणका अनुसार सन् २०१९ मा करिब १८ लाखले लुम्बिनी भ्रमण गरेका छन् ।

लुम्बिनीमा सन् २०१९ मा १७ लाख ७९ हजार ८६ जनाले भ्रमण गरेका छन् । जबकी यो संख्या सन् २०१८ मा १५ लाख १७ हजार १४५ थियो । यो २.३ प्रतिशतले बढी हो ।

भारतीय पर्यटकको आगमनमा ५.८ प्रतिशतले बढेको छ भने तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १.९ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०१९ मा लुम्बिनी भ्रमण गर्नेमा ७९ प्रतिशत नेपाली, ११ प्रतिशत भारतीय र अन्य मुलुकका १० प्रतिशत नागरिकले भ्रमण गरेका छन् ।


क्लिकमान्डु