आयकरमा सार्वजनिक संस्थानको योगदान २८ प्रतिशतले बढ्यो



काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा सार्वजनिक संस्थाले आयकरमा १७ अर्ब ५७ करोड २७ लाख रुपैयाँको आयकरमा योगदान गरेका छन् । आर्थिक वर्ष २०७४/०७५ को तुलनामा २७.८४ प्रतिशतले बढेको छ ।

क्षेत्रगत रुपमा हेर्दा वित्तीय क्षेत्रको सबैभन्दा बढी ६ अर्ब ९४ करोड ३० लाख अर्थात ३९ प्रतिशत र औद्योगिक क्षेत्रको सबैभन्दा कम १ करोड ७२ लाख अर्थात ०.१० प्रतिशत योगदान रहेको छ ।

सरकारको कुल आयकरमा गत आर्थिक वर्षमा संस्थानको ८.६० प्रतिशत योगदान रहेकोमा समिक्षा अवधिमा ९.०४ प्रतिशत पुगेको छ ।
बढी आयकर योगदान गर्ने संस्थानमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ५ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ रहेको छ । यस्तै नेपाल आयल निगम लिमिटेडले २ अर्ब ९१ करोड ८१ लाख, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २४ करोड ६५ लाख, नेपाल बैंकले १ अर्ब ५५ करोड १ लाख र कृषि विकास बैंकले १ अर्ब ५३ करोड २४ लाख रुपैयाँ रहेको छ ।

अर्थ मन्त्रालयका अनुसार औद्योगिक क्षेत्रको १ करोड ७२ लाख, व्यापारिक संस्थानले २ अर्ब ९८ करोड ८४ लाख, सेवा क्षेत्र १ अर्ब ५४ करोड ९४ लाख, सामाजिक क्षेत्र ४ करोड २१ लाख, जनोपयोगी क्षेत्र ६ अर्ब ३ करोड २५ लाख, वित्तीय क्षेत्रको ६ अर्ब ९४ करोड ३० लाख रुपैयाँ आयकरमा योगदान दिएका छन् ।


क्लिकमान्डु