पर्यटक आगमनमा झिनो वृद्धि, प्रतिदिन बसाइ अवधि बढ्यो



काठमाडौं । पर्यटनको बसाइ अवधि लम्बिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा पर्यटकको बसाई प्रतिदिन बसाइ अवधि बढेको जानकारी दिए ।

सर्वेक्षण रिपोर्ट अनुसार सन् २०१९ मा पर्यटकको सरदर बसाइ अवधि १३ दिन पुगेको छ । सन् २०१८ मा पर्यटकको प्रतिदिन बसाइ औसतमा १२.४ र सन् २०१७ मा १२.६ दिन थियो ।

त्यस्तै, पर्यटक वृद्धिदर पनि ४ वर्षमा सबैभन्दा कम देखिएको छ । सन् २०१९ मा जम्मा २.१ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ । जब सन् २०१८ मा वृद्धिदर २४.८ र सन् २०१७ मा वृद्धिदर २४.९ प्रतिशत थियो ।

सरकारले सन् २०२५ सम्ममा २५ लाख पर्यटन नेपाल ल्याउने र यस क्षेत्रमा ८ लाख ९८ हजार जनालाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।


क्लिकमान्डु