लकडाउनमा कर्मचारी सञ्चय कोषले अनलाइनबाट विशेष सापटी दिन थाल्यो



काठमाडौं । कर्मचारी सञ्चय कोषले लकडाउनका कारण सेवा बन्द रहेका कोषका सेवामध्येबाट अनलाइनमार्फत विशेष सापटी सवा दिन शुरु गरेको छ ।

लकडाउनका कारण यातायात तथा हिँडडुलमा असज भएसँगै घर तथा कार्यालयै बसे काम गर्नका लागि जेग १३ गतेदेखि अनलाइनमार्फत विशेष सापटी दिन शुरु गरेको हो ।

शुरुवातमा कोषले दार्चुला र ललितपुरस्थित बैंकमा रहेको सम्बन्धित सञ्चयकर्ताको खातामा २ जनालाई विशेष सापटी दिइसकेको छ ।

कोषले अनलाइनबाट विशेष सापटीको सेवालाई निरन्तरता दिने र सेवा लिनका लागि योग्यता पुगेका, केवाईसी फारम अपडेट गरेका व्यक्ति तथा संस्थाले पाउनेछन् ।

कोषका अनुसार कोषकट्टी गरी पठाउने सम्पूर्ण कार्यालयहरुले समेत केवाई अपडेट गर्नुपर्नेछ । यससम्बन्धित जानकारी कोषका वेवसाइटमा उल्लेख गरिएको कोषको भनाइ छ ।


क्लिकमान्डु