आर्थिक बृद्धिदर २.३% हुने, प्रतिव्यक्ति आय १ लाख २६ हजार १८ रुपैयाँ पुग्ने



काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.३ प्रतिशत हुने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश गर्दै चालु आर्थिक वर्षमा नेपालको बृद्धिदर २.३ प्रतिशत हुने जानकारी दिएका छन् ।

अर्थमन्त्री खतिवडाले कोभिडको कारण नेपालको आर्थिक बृद्धिदर २.३ प्रतिशत हुने प्रक्षेपण गरेका हुन् । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

यो वर्ष नेपालीहरुको प्रतिव्यक्ति आम्दानी औसतमा १ लाख २६ हजार १८ रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यो १०८५ अमेरिकी डलर हो ।


क्लिकमान्डु