नेपाल बंगलादेश बैँकद्धारा कोरोना कोषमा १ करोड ४५ लाख सहयोग



काठमाडौं । नेपाल बंगलादेश बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रिय सरकार र प्रदेश सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ १ करोड ४५ लाख रुपैयाँ प्रदान गरेको छ ।

बैंकले आइतबार उक्त कोषमा १ करोड १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बीडारीलाई हस्तान्तरण गरेका हुन ।

यसका साथै बैंकले देशका सातै वटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा ५÷५ लाख रुपैयाँका दरले हस्तान्तरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।

बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्यप्राप्तिको लागि समाजका हरेक वर्ग तथा सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने बैँकको लक्ष्य रहेको जनाएको छ ।


क्लिकमान्डु