पर्यटन बोर्ड फोटो प्रतियोगिताः यस्ता छन् लकडाउनमा झ्यालबाट खिचिएका तस्बिरहरु



काठमाडौं । लकडाउनमा झ्यालबाट खिचिएका फोटो सम्बन्धि प्रतियोगितामा हालसम्म ५ सयभन्दा बढी फोटो प्राप्त भएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा गरिएको हो ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिने बोर्डले बताएको छ ।

बोर्डका अनुसार सहभागी हुन चाहनेले जेठ १८ गतेसम्म फोटो पठाइसक्नु पर्नेछ । पर्यटन बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत् प्रतियोगितामा सहभागी हुन सकिनेछ । उत्कृष्ट पाँच सहभागीहरुले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

‘उत्साहजनक सहभागिताले नेपालका विविधता सशक्त रुपमा प्रस्तुत गरिरहेको र अब बाँकी एक हप्तामा सहभागिताको संख्याले अर्को चरण पार गर्नेछ,’ बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले भने ।

यसबारे जानकारी लिनका लागि  https://photonepal.travel/blog/nepal-from-your-window  लिंकबाट प्राप्त गर्न सकिनेछ । जेठ १९ गतेदेखि असार १ गतेसम्म मन परेको भोटमा गर्न सकिनेछ ।

यसका लागि https://photonepal.travel  गएर मन परेको फोटो लाइक गर्न सकिन्छ । भोटिङ्ग पश्चात विज्ञ सम्मिलित टोलीको निर्णायक समितिले विजेताहरुको घोषणा गर्नेछ ।

बाेर्डमा प्राप्त केही तस्बिरहरू


क्लिकमान्डु