पूर्वप्रधानमन्त्री डा.भट्टराईको प्रष्टीकरणः मेरो अभिव्यक्ति आर्थिक पुनर्संरचनामा हो, राजनीतिमा होइन



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको वेबिनारमा राखेको मन्तव्यमा बढी आलोचना भएपछि त्यसको प्रष्टिकरण दिएका छन् ।

वेबिनारमा डा. भट्टराईले सरकारको ‘भारतलाई चिढ्याउने गतिविधि ठीक नभएको’ भ भनेपछि निकै आलोचना भएको छ । तर डा. भट्टाईले आफ्नो उक्त अभिव्यक्ती आर्थिक पुनर्संरचनाको सन्दर्भमा भएको प्रष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा उनको भनाईको आलोचना भएपछि उनले फरक सन्दर्भमा बोलेका कुरालाई फरक आसयकासाथ आलोचना बताएका छन् ।

‘मेरो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा हो । साथै यो नेपालका शासकको कुरा मात्र नभएर अमेरिका, रूस, भारत लगायत सबै देशका शासकको सन्दर्भमा हो’, भट्टराईले विज्ञप्ती जारी गर्दै भनेका छन् ‘हरारीले भने झैं यतिबेला एउटा देशविरूद्ध अर्को देश लड्ने हैन, सबै मानवजाति एक भएर कोरोनाविरूद्ध लड्ने हो ।’

यसाे भनेका थिए पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले

भारतलाई चिढ्याउने सरकारको गतिविधि ठीक छैनः डा. बाबुराम भट्टराई

नेपाल-भारत सीमाविवादको सन्दर्भमा उनले थप स्पष्ट पार्दै भनेका छन् ‘जहाँसम्म नेपालको सीमाना र नक्साको कुरा छ त्यसमा सबै पार्टी र नेताले ऐक्यवद्धता जनाइसकेका छौं ।

अब हामीले सार्वजनिक दन्तबझान गर्नु भन्दा आफ्नो ऐतिहासिक तथ्यप्रमाण दह्रो पारेर कुटनीतिक र राजनीतिक वार्तामा बस्नुपर्छ, त्यसबाट समाधान नभए अन्तर्राष्ट्रिय मन्च र अदालतमा जाने तयारी गर्नुपर्छ, यस्ता संवेदनशील राष्ट्रिय प्रश्नमा अनावश्यक विवाद झिकेर कोरोना र आर्थिक संकटबाट ध्यान अन्यत्र मोड्ने शासक गुटको षड्यन्त्र र जालमा कोही पनि पर्नु हुन्न’, उनले भने ।


क्लिकमान्डु