कोरोना विरुद्धको लडाइँमा ज्योति विकास बैंकद्वारा एचएफएनसँग सहकार्य



काठमाडौं । ज्योति विकास बैंकले हेल्थ फाउण्डेसन नेपाल (एचएफएन)लाई २ लाख रुपैयाँ बराबरको आर्थिक सहयोेग गर्ने भएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हाम्रो विकास प्रवद्र्धन कोष मार्फत एचएफएनलाई कोरोना विरुद्धको लडाइँमा संस्थाको एन-९५ युभिजिआई डिकन्ट्यामिनेसन प्रोजेक्टको लागि सहयोग गरेको हो ।

युभिजिआई प्रविधिले वर्तमान स्थितिमा स्वास्थ्यकर्र्मीहरुले प्रयोग गर्ने एन-९५ मास्क र पीपीईलाई पुन प्रयोग गर्न मिल्ने गरि जीवाणु रहित बनाउँछ । उक्त प्रविधि अन्तर्गत प्राविधिक रुपमा उपयुक्त डिकन्ट्यामिनेसन तरिका अपनाइएमा अल्ट्रा भाइलेट प्रकाशको प्रयोगले एउटै एन-९५ मास्कलाई पनि कम्तिमा ५ पटकसम्म सुरक्षित तरिकाले पुन प्रयोग गर्न मिल्ने तथ्यहरुले देखाएको छ ।

स्वास्थ्यकर्मीहरुको प्रयोगको लागि अत्यावश्यक एन-९५ मास्क र पीपीईको सजिलो पूर्तिको लागि प्रविधिले योगदान पुर्याउने अपेक्षा रहेको छ ।
एचएफएनले पहिलो चरणमा स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरसँगको सहकार्यमा देशभरको २८ विभिन्न अस्पतालमा सो प्रविधि स्थापना गर्नेछ ।

डिजिटल वेबिनारमार्फत भएको उक्त सहकार्य सम्झौतामा ज्योति विकास बैंककोतर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा हेल्थ फाउण्डेसनका कार्यकारी निर्देशक मदन राज भट्ट्ले हस्ताक्षर गरेका हुन् ।

बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३४ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब २९ अर्ब लगानी गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु