लकडाउनपछि बैंकमा निक्षेप बढ्यो कर्जा घट्यो



काठमाडौं ।कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेसँगै आर्थिक गतिविधि घटेपनि बैकिङ कारोबार भने घटेको छैन् । गत चैत ११ गतेबाट देश लकडाउनको अवस्थामा छ । तर अत्यावश्यक सेवा अन्तर्गत रहेको बैंकिङ कारोबार भने सुचारु राख्न सरकारको निर्देशन छ ।

सोही अनुसार बैंक अवश्यकता अनुसार बैंक सञ्चालनमा रहेका छन् । लकडाउन हुनभन्दा अगाडी फागुन मसान्तसम्म बैंकहरुले ३० खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चैत ११ गतेबाट सरकारले लकडाउन घोषणा गर्यो । त्यसपछि बैंकहरुको कारोबार सुस्ताएपनि व्यवसाय भने घाटामा गएको छैन् ।

फागुन मसान्तको तुलनामा बैंकहरुले जेठ २ गतेसम्म निक्षेप संकलन ३ प्रतिशतले बढेको छ । बैंकहरुले २ महिनाको लकडाउनमा पनि ७९ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् ।
जेठको २ गतेसम्म सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकहरुले ३२ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

बैंकहरुले चैत मसान्तसम्म ३१ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो भने बैसाख मसान्तसम्म ३२ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

जेठ महिनाको २ गतेसम्म भने निक्षेप संकलन ०.१४ प्रतिशत अर्थात ५ अर्ब रुपैयाँले बढेको छ ।

कर्जा भने लकडाउन सुरु भएपछि घट्दै गएको छ । चैत मसान्तमा २७ खर्ब ४८ अर्ब रुपैयाँमा रहेको कर्जा २७ खर्ब ३१ अर्ब रुपैयाँमा घटेको छ ।


क्लिकमान्डु