टाट पल्टिने अवस्थामा पुग्यो थाइ एयरलाइन्स



कोभिडको महामारीको मारमा परेको थाइल्याण्डको थाइ एयरलाइन्स टाट पल्टिने अवस्थामा पुगेको छ ।

यसका लागि त्यहाँको सरकारले पुर्नजीवन दिने निर्णय गरेको छ ।

थाइ सरकारको स्वामित्व रहेको एयरलाइन्सलाई उद्दार गर्नका लागि सरकारले प्रस्ताव गरेकोे उद्दार प्याकेजबारे पनि चर्को आलोचना भएको थियो ।

थाइ मात्रै होइन कोरोनाका कारण कोलम्बियाको एभिन्का होल्डिङ र भर्जिन अष्ट्रेलियन होल्डिङ कम्पनी समेत टाटा पल्टने अवस्थामा पुगेका छन् । तर थाइको हकमा भने कोरोनाको असर शुरु हुनुभन्दा अघिदेखि नै समस्या देखिएको थियो ।

थाइ एयरलाइन्सले सन् २०१२ पछि २०१६ मा बाहेक प्रत्येक वर्ष घाटा बेहोर्दै आएको छ । एयरलाइन्सले सन् २०१९ मा मात्रै ३८८.३ मिलियन अमेरिकी डलर अर्थात साढे ४५ अर्ब रुपैयाँ घाटा बेहोरेको थियो ।

यद्यपि टाट पल्टिने अवस्थामा रहेको एयरलाइन्स बन्द भने नहुने त्यहाँको सरकारले स्पष्ट पारेको छ ।

‘हामीले अदालतमा पुर्नसंरचनाका लागि पेटिसन दर्ता गर्छौ, तर बन्द भने हुन दिँदैनन, सेवा निरन्तर चल्छ,’ प्रधानमन्त्री प्रायुथ चान ओचाले भने । उनले


क्लिकमान्डु