प्रधानमन्त्री ओलीले भने- म भारतलाई सोध्ने छु, ‘सत्यमेव जयते कि सिंह जयते ?’

210
Shares

काठमाडौं । प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता लिएरै छोडने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै ओलीले नेपालको भूमि भारतले मिचेर बेकारमा विवादास्पद बनाएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘भारतमा अशोकाले बनाएको प्रतिक छ, त्यसमा ४ वटा सिंह छन्, त्यसमुनी सत्यमेव जयते भनेर लेखिएको छ, त्यो कुरामा म विश्वास गर्छु, अब म भारतलाई सोध्छु, ‘सत्यमेव जयते कि सिंह जयते’ ।’

‘हामीले यसमा कोही रिसाउ्रँछ की भन्नु परेको छैन । हामीले अर्घेलो गरेको हो भनेपनि रिसाउँछ की भन्नु हामीले अर्घेलो गरेको छैन,’ उनले भने ।

यसका लागि सरकारले कुटनीतिकरुपमा वार्ताको माध्यमबाट छलफल गरेर आफ्नो भूमि फिर्ता ल्याउनका लागि नीति तथा कार्यक्रममा राखेको बताए ।

‘लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र हाम्रो हो हामी फिर्ता ल्याउने छौं’ ओलीले भने ‘यसको लागि ठोस रुपमा कुटनीतिक प्रयास गर्नेछौं । त्यो भूभाग समेत राखेर नेपालको नयाँ नक्सा तयार गर्ने छौ, यो कुनै चलाखीका हिसाबले तथाकथित राष्ट्र देखाउन गरेको होइन ।’

तथाकथित राष्ट्रवादीहरुले यो आंकलन गर्नु अस्वभाविक नभएको भन्दै यो तामासा देखाउन नखोजेको भन्दै आफ्नो भूमाग हामी फिर्ता लिने दाबी गरे ।

हिजोको मन्त्रिपरिषदको बैठकले पारित गरेको र आज वा भोलि नै नयाँ नक्सा सार्वजनिक हुने बताए । यसले सिंगो नेपाल खुसी हुने ओलीको दाबी छ । ओलीले भने ‘सदनमा संविधानको अनुसुची ३ मा प्रतिक चिन्ह रहेको र प्रतिक चिन्ह संशोधन गर्नको लागि संविधानको एउटा बुँदा संसोधन गर्ने छौं ।

‘हाम्रो भूमि फिर्ता ल्याउनको लागि तत्कालिन महत्वको विषय भएकोले संविधान संसोधनको प्रस्ताव यो संदनमा आउने छ’ ओलीले भने ‘मलाई विश्वास छ, त्यो संसोधन प्रस्ताव पारित हुनेछ ।’

संविधानको अनुसुचि ३ मा नेपालको निसान छाप रहेको र त्यो संसदले पारित गरेको दिन देशमा दीवापली हुने बताए ।

Skip This