नयाँ नक्सा सार्वजनिक गर्दै सरकार, सामाजिक सञ्जालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न आग्रह



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍मा अर्यालले मन्त्रिपरिषद्‍बाट स्वीकृत गरेको नक्सा सार्वजनिक नगर्न आग्रह गरेकी छिन् ।

मन्त्री अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत गलत नक्सा प्रयोग नगर्न अनुरोध गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत मन्त्री अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन् ।

सामाजिक सञ्जालमा विभिन्न प्रकारका नक्साको प्रयोग भएकोमा उनले आधिकारीक नक्सा नआएसम्म अन्य नक्सा प्रयोग नगरिदिन अनुरोध गरेकी छन् ।

उनले भनिन्, ‘नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा छौँ, तसर्थ नक्सा सार्वजनिक नगर्दासम्म धेर्य रहि सामाजिक सञ्जालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगरी दिनुहुन विनम्र अनुरोध गर्दछु ।’


क्लिकमान्डु