अर्थतन्त्रको पुनरुत्थान हुने गरी बजेट बन्दैछः अर्थमन्त्री डा. खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट अर्थतन्त्रको पुनरुत्थान र विकासको बाटोमा अघि बढाउने गरी निर्माण भइरहेको बताएका छन् ।

सोमबार मन्त्रिपरिषदको निर्णय सुनाउने क्रममा उनले बजेटमा काम भइरहेको समेत बताए ।

‘हामीले दैनिक जसो कोरोनाको जोखिम बढ्दै गरेको अवस्थामा छौं । एकमहिना अघि गरिएको अनुमान अहिले फरक परिसकेको छ । त्यसो हुनाले परिस्थिती अनुसार नजिकबाट अनुमान गर्दैछौं,’ उनले भने ।

उनका अनुसार अब १/२ दिनमै आगामी आर्थिक वर्षमा अर्थतन्त्रको आकार कसरी उकास्न सकिन्छ भन्ने आँकलन र त्यस अनुसार आर्थिक गतिविधिलाई निरन्तरता दिने र अहिलेको जोखिम नियन्त्रणका लागि चाल्नुपर्ने कमदका विषयमा छलफल गरी निर्णय गरिनेछ ।

उनले निश्चित समयमै बजेट संसदमा बजेट पेश हुने समेत बताए ।


क्लिकमान्डु