लकडाउनको अवधि लम्ब्याउने उच्चस्तरीय समितिको सिफारिस



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी उच्चस्तरीय समन्वय समितिले अहिलेको लकडाउनलाई लम्ब्याउन सिफारिस गरेको छ ।

समितिको बैठकले लकडाउन लम्ब्याउन सिफारिस गरेपनि यसबारे आजै बस्ने मन्त्रिपरिषद बैठकेल निर्णय गर्नेछ ।

स्रोतका अनुसार सरकारले लकडाउन जेठ १५ गतेसम्म लकडाउन गर्ने सम्भावना रहेको छ । सरकारले अहिले जेठ ५ गते (भोली)सम्म लकडाउन गरेको छ । कोरोना संक्रमित बढदै गएपछि समितिले लकडाउन बढाउने निर्णय गरेको हो ।


क्लिकमान्डु