सरकारले १५ अर्ब ७४ करोडको ट्रेजरी बिल बिक्री गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र ३६५ दिन अवधिको लागि रहेको छ ।

राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको दुई अर्ब, १८२ दिन अवधिको ११ अर्ब ८५ करोड रुपैयाँ र ३६५ दिन अवधिको लागि १ अर्ब ८९ करोड रुपैयाँको सरकारी ऋणपत्र जारी गर्न लागेको छ । उक्त ऋणपत्रमा आवेदन दिन चाहनेले अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्।

ऋणपत्रको बोलकबोल जेठ ५ गते तीन बजे खुला गरिने राष्ट्र बैंकको भनाइ छ । ९१ दिन अवधिको भदौ दुई गते, ९१ दिन अवधिको मंसिर २ गते र ३६५ दिन अवधिको सरकारी ऋणपत्र २०७८ साल जेठ २ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु