काठमाडौंमा कस्तो छ लकडाउन ? न्यूरोडदेखि दरबारमार्ग, सिंहदरबार हुँदै बानेश्वरसम्म (भिडियो)



काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले आजदेखि लकडाउन निकै कडा बनाएको छ । यसअघि जारी गरिएका पूराना पासहरु रद्द गर्दै सीमित अत्यावश्यक सेवाका लागि मात्रै नयाँ पास वितरण गरेको छ ।

सडकमा प्रहरीको बाक्लो उपस्थिति छ । ठाउँठाउँमा प्रहरीको चेकजाँच छ । बिनापास हिँड्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशको राजधानी काठमाडौंको अवस्था के छ भनेर जानकारी दिने उदेश्यले हामीले यो भिडियो कन्टेन्ट तयार पारेका हौं ।

न्यूरोडदेखि टुँडिखेल, वीर अस्पताल, जमल, दरबारमार्ग, घन्टाघर, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर र बबरमहलहुँदै नयाँबानेश्वरसम्मको भिडियो हेरेर तपाईंले काठमाडौंमा लकडाउनको अवस्था के छ भनेर जानकारी लिन सक्नुहुनेछ ।


पुष्प दुलाल