वाणिज्य बैंकहरुको नाफा साढे ४५ अर्ब बढी, कुन बैंककाे कति ?



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २७ वटा वाणिज्य बैंकहरुले साढे ४५ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत वर्षको तुलनामा २.६५ प्रतिशत अर्थात् १ अर्ब २० करोड ४२ लाख रुपैयाँ बढी हो ।

गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको खुद नाफा ४४ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ थियो ।

वाणिज्य बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा ३० खर्ब ७० अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ खर्ब २ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

वाणिज्य बैंकहरुले गत वर्षको चैत मसान्तको तुलनामा निक्षेप संकलन १२.०४ प्रतिशतले र कर्जा प्रवाह १६.२६ प्रतिशतले वृद्धि गरेका छन् ।

समीक्षा अवधिमा बैंकहरुले कुल ९७ अर्ब २९ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ७.१५ प्रतिशत अर्थात् ६ अर्ब ९५ करोड ७६ लाख रुपैयाँ बढी हो ।

गत आवको चैत मसान्तसम्म बैकहरुको ब्याज आम्दानी ९० अर्ब ३३ करोड ८६ लाख रुपैयाँ थियो ।

चालु आवको चैत मसान्तसम्म सबैभन्दा बढी नबिल बैंकले ३ अर्ब १५ करोड रुपैयाँ र सबैभन्दा कम सिभिल बैंकले ३६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

सो अवधिमा नबिल, ग्लोबल र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएका छन् भने एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, हिमालयन, कृषि विकास र प्राइम बैंकले खुद नाफा २ अर्ब रुपैयाँ कटाएका छन् ।

यस्तै, नेपाल बैंक, एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा, प्रभु, मेगा, एसबीआई, सिद्धार्थ, माछापुच्छ्रे, एनसीसी, सिटिजन्स र कुमारी बैंकले १ अर्ब रुपैयाँ खुद नाफा कटाएका छन् ।

त्यसैगरी सनराइज, सेञ्चुरी, बैंक अफ काठमाडौं, नेपाल बंगलादेश र सिभिल बैंकको खुद नाफा १ अर्बभन्दा कम छ ।

कुन बैंकको कति ?

१) नबिल बैंकः चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नविल बैंकको नाफा १ प्रतिशतले घटेको छ ।

गत आवको चैत मसान्तसम्ममा ३ अर्ब १९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा खुद नाफा ३ करोड २३ लाख रुपैयाँले घटाएर ३ अर्ब १५ करोड ५८ रुपैयाँमा सीमित भएको छ ।

बैंकद्धारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा १७ करोड ५५ लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

सो अवधिमा बैंकले ८६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब १४ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । जसबाट बैंकले २ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ ।

जुन गत आवको चैत मसान्तको भन्दा १३.२६ प्रतिशत अर्थात ३५ करोड ६ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

साथै सो अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस्तै, चालु आवको चैत मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.६३ प्रतिशत, कष्ट अफ फण्ड ६.५५ प्रतिशत, बेसरेट ७.८२ प्रतिशत, स्प्रेडरेट ५.३४ प्रतिशत र सीसीडी रेसीयो ७८.८८ प्रतिशत रहेको छ ।

२) ग्लोबल आइएमई बैंकः बिग मर्जर गरेको ग्लोबल आइएमई बैंकले चैत मसान्तसम्ममा २ अर्ब ७० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । जनता बैंकले मंसिरसम्म ४५ करोड रुपैयाँ नाफा कमाएको थियो । यो रकम जोड्दा ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब १५ करोड रुपैयाँ हुन्छ ।

बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ५७ करोड ५० लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकले २ खर्ब १ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब १८ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ६ अर्ब ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा ६२.७८ प्रतिशत अर्थात २ अर्ब ३१ करोड रुपैयाँ बढी हो । गत वर्षको चैत मसान्तसम्म बैंकले ३ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै बैंकले सो अवधिमा ३ अर्ब ७९ करोड ५२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

समीक्षा अवधिमा बैंककोे खराब कर्जा अनुपात १.१४ प्रतिशत, बेसरेट ९.४१ प्रतिशत, स्प्रेडरेट ५.१८ प्रतिशत र सीसीडी रेसीयो ७९.६९ प्रतिशत रहेको छ । साथै सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १६ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ५० रुपैयाँ ६५ पैसा र मूल्य आम्दानी अनुपात १२.५० गुणा रहेको छ ।
यस्तै बैंकको निक्षेप २ खर्ब १ अर्ब छ भने कर्जा १ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ ।

३) राष्ट्रिय वाणिज्य बैंकः यो बैंकको नाफा १३.२३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्ब ४९ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरको बैंकले चालु आवको सोही अवधिमा खुद नाफा ३ अर्ब ३ करोड ६२ करोड रुपैयाँमा सीमित भएको हो ।

सो नाफा गत वर्षको चैत मसान्तको तुलनामा ४६ करोड ३० लाख रुपैयाँ कम हो । बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य मुनाफा १ अर्ब १५ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ४५ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ६ अर्ब ९७ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिकोभन्दा ५.५२ प्रतिशत कम हो ।

गत आवको चैत मसान्तसम्ममा बैंकले ७ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै बैंकको सञ्चालन मुनाफा ४ अर्ब १६ करोड ८० लाख रहेको छ ।

यस्तै, बैंकको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा बैंकको खराब कर्जा ४.६४ प्रतिशत, कष्ट अफ फण्ड ४.१९ प्रतिशत, वेसरेट ६.७२ प्रतिशत, स्प्रेडरेट ४.७० प्रतिशत र सीसीडी रेसीयो ७०.०५ प्रतिशत रहेको छ ।

४) एनआईसी एशियाः यो बैंक साढे २ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ५० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ९.९२ अर्थात २२ करोड ६० लाख रुपैयाँले बढी हो । गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ४० करोड ७४ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा १ खर्ब ८६ अर्ब ८१ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६१ अर्ब १८ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरको छ ।

जसबाट बैंकको ब्याज आम्दानी तर्फ भने ३.७ प्रतिशतको वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्म ५ अर्ब ३२ करोड ३६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा १९ करोड ८९ लाख रुपैयाँले बढाएर ५ अर्ब ५२ करोड २५ लाख रुपैयाँ पुर्याएको छ ।

साथै सो अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ६० करोड ४० लाख रुपैयाँ रहेको छ ।

यस्तै, सो अवधिसम्ममा बैंकको खराब कर्जा ०.७५ प्रतिशत, कष्ट अफ फण्ड ७.०२ प्रतिशत, वेसरेट ९.६१ प्रतिशत, स्प्रेडरेट ४.९२ प्रतिशत र सीसीडी रेसीयो ७८.१८ प्रतिशत रहेको छ ।

५) सानिमा बैंकः यो बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ । सो नाफा गत आवको सोही अवधिको तुलनामा २.७५ अर्थात ४ करोड ३३ लाख रुपैयाँ बढी हो ।

गत आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ५७ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकले १० अर्ब ८ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरी ९२ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले ३ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको ।

जुन गत आवको सोही अवधिको तुलनामा ११ प्रतिशत अर्थात ३२ करोड २९ लाख रुपैयाँ बढी हो । साथै बैंकले २ अर्ब २९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

यसैगरी समीक्षा अवधिमा बैंकको बैंकको खराब कर्जा अनुपात ०.३६ प्रतिशत, बेसरेट ९.२५ प्रतिशत, कष्ट अफ फण्ड ७.२९ प्रतिशत, स्प्रेडरेट ५.०८ प्रतिशत र सीसीडी रेसीयो ७८.६४ प्रतिशत रहेको छ ।

साथै बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७७ पैसा, प्रतिसेयर कुल सम्पती १३.०८ गुणा, मूल्य आम्दानी अनुपात १३.०८ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ४४ रुपैयाँ २४ पैसा रहेको छ ।

६) स्ट्याण्डर्ड चार्टर्ड बैंकः यो बैंकको नाफामा सामान्य वृद्धि देखिएको छ । बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले नाफामा ३.९२ प्रतिशतले वृद्धि गरको हो ।

गत आवको चैत मसान्तमा १ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा नाफा ६ करोड ८१ लाख १७ हजार रुपैयाँले बढाएर १ अर्ब ८० करोड २५ लाख रुपैयाँ पुर्याएको छ ।

चालु आवको चैत मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा भने १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकले ८५ अर्ब ५१ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट बैंकले २ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ ।

जुन गत आवको चैत मसान्तको तुलनामा ९.३४ प्रतिशत अर्थात २३ करोड ८७ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ५५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै बैंकले सो अवधिमा २ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ ।

यसैगरी, सो अवधिमा बैंकको खराब कर्जा अनुपात ०.२२ प्रतिशत, बेसरेट ७.२७ प्रतिशत, स्प्रेडरेट ५.३२ प्रतिशत, कष्ट अफ फण्ड ४.९७ प्रतिशत र सीसीडी रेसीयो ७७.४७ प्रतिशत रहेको छ ।

साथै चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय ८५ रुपैयाँ ७८ पैसा छ ।

७) सनराइज बैंकः चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सनराइज बैंकको नाफा २३.७१ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तको तुलनामा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा खुद नाफा २९ करोड ८ लाख रुपैयाँले घटाएर ९८ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकद्धारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा १७ करोड ५५ लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

सो अवधिमा बैंकले ८६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब १४ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

जसबाट बैंकले २ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ । जुन गत आवको चैत मसान्तको भन्दा १३.२६ प्रतिशत अर्थात ३५ करोड ६ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

साथै सो अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस्तै, चालु आवको चैत मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.३२ प्रतिशत, कष्ट अफ फण्ड ७.२७ प्रतिशत, बेसरेट १०.०२ प्रतिशत, स्प्रेडरेट ४.८६ प्रतिशत र सीसीडी रेसीयो ७६.३७ प्रतिशत रहेको छ ।

साथै सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४१.९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.७६ गुणा रहेको छ ।

८) लक्ष्मी बैंकः यो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको सोही अवधिको भन्दा बैंकले ६ करोड ३ लाख रुपैयाँ बढी नाफा कमाएको हो ।

बैंकद्वारा सार्वजनिक वित्तीय विवरण अनुसार गत आवको सो अवधिमा बैंकको वितरणयोग्य नाफा भने ४१ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा बैंकले ९७ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ९८ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो आम्दानी गत आवको सोही अवधिको तुलनामा ४१ करोड ४२ लाख रुपैयाँ बढी हो ।

साथै बैंकको सञ्चालन मुनाफा ४ करोड ७४ लाख रुपैयाँ बढेर १ अर्ब ५६ करोड पुगेको छ ।

चालु आवको चैत मसान्तसम्मको खराब कर्जा अनुपात १.७८ प्रतिशत, कष्ट अफ फण्ड ६.९२ प्रतिशत, बेसरेट ९.७९ प्रतिशत र स्प्रेडरेट ४.३४ प्रतिशत र सीसीडी रेसीयो ७५.१३ प्रतिशत रहेको छ । साथै सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८१ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ३६ रुपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात १३. ५० गुणा रहेको छ ।

९) सिद्धार्थ बैंकः यो बैंकको वितरण योग्य नाफा ऋणात्मक रहेको छ । बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा १५ करोड ३२ लाख १० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफा पनि १५.८७ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको चालु आवको सोही अवधिमा नाफा २५ करोड २९ लाख रुपैयाँले घटेर १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ ।

सो अवधिसम्म बैंकले १ खर्ब ३० अर्ब ३४ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २४ अर्ब ३८ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ४ अर्ब १८ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको चैत मसान्तमा बैंकले ३ अर्ब ४० करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सो अवधिमा बैंकको सञ्चालन नाफा भने १ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात १.३६ बाट बढेर २.२४ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा अनुपात १.३६ प्रतिशत रहेको थियो । साथै बैंकको बेसरेट ९.९८ प्रतिशत, स्प्रेडरेट ५ प्रतिशत र सीसीडी रेसीयो ७८.७७ प्रतिशत छ ।

यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १ सय ५३.४४ रुपैयाँ, प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात १५.२८ गुणा रहेको छ ।

१०) एनएमबि बैंकः एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४.०६ प्रतिशतले नाफामा वृद्धि गरेको छ । गत आवको सोही अवधिकोमा बैंकले १ अर्ब ६५ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेकोमा २३ करोड २१ लाख रुपैयाँ थप गरी चालु आवको चैत मसान्त्मा १ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ पुर्याएको हो ।

बैंकद्वारा सार्वजनिक चालु आवको त्रेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा ५८ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकले बैंकले १ खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ५६ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ३८.८३ प्रतिशत ब्याज आम्दानी वृद्धि गरेको छ ।

गत आवको चैत मसान्तसम्म ३ अर्ब ९ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको बैंकले चालु आवको चैत मसान्तमा १ अर्ब २० करोड १५ लाख रुपैयाँले थप गरी ४ अर्ब २९ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी पुर्याएको हो । साथै, बैंकको सञ्चालन नाफा भने १ अर्ब ८७ करोड ६४ लाख रुपैयाँ छ ।

यसैगरी, बैंकको चैत मसान्तसम्म खराब कर्जा अनुपात २.४८ प्रतिशत रहेको छ । सो अवधिमा बैंकको खराव कर्जा अनुपात १.६९ प्रतिशतले बढेको हो । गत आवको चैत मसान्तमा बैंकको खराब कर्जा अनुपात ०.७९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंकको आधारदर ९.९९ प्रतिशत, स्प्रेडदर ४.८८ प्रतिशत र सीसीडी रेसीयो ७९.१६ प्रतिशत छ ।

साथै बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय ४६ रुपैयाँ ८३ पैसा, मूल्य आम्दानी अनुपात २०.१७ गुणा, पूँजीकोष अनुपात १४.२६ प्रतिशत र कोषको लागत ७.०९ प्रतिशत रहेको छ ।

११) नेपाल बंगलादेश(एनबी): यो  बैंकको नाफा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १४ प्रतिशतले घटेको छ ।

एनबी बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले चैत मसान्तसम्ममा १ अर्ब रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब १४ करोड नाफा गरेको थियो । बैंकले चैत मसान्तसम्ममा सेयरधनीलाई बाड्न मिल्ने नाफा २८ करोड रुपैयाँ गरेको जनाएको छ ।

चैत मसान्तसम्ममा एनबी बैंकले ६३ अर्ब २९ करोड निक्षेप संकलन गरेको छ भने कर्जा ५९ अर्ब ८० करोड रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको चैत मसान्तसम्ममा बैंकमा ५९ अर्ब ७६ करोड रुपैयाँ निक्षेप रहेको थियो भने कर्जा ५२ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

बैंकले यो वर्ष चैत मसान्तसम्ममा ब्याज आम्दानीबाट २ अर्ब १४ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष ब्याज आम्दानीबाट २ अर्ब ११ करोड रुपैयाँ कमाएको थियो ।

चैत मसान्तसम्ममा बैंकको पूँजीकोष अनुपात १२.८८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको भन्दा यो वर्ष बैंकको खराब कर्जा अनुपात(एनपीएल) बढेको छ । यो वर्ष बैंकको चैत मसान्तमा एनपीएल २.७६ प्रतिशत रहेको छ,जुन अघिल्लो वर्ष १.८६ प्रतिशत रहेको थियो ।
कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो) ७५.०३ प्रतिशत रहेको छ जुन अघिल्लो वर्ष ७८.५० प्रतिशत रहेको थियो । बैंकको बेसरेट समेत अघिल्लो वर्षको भन्दा यो वर्ष घटेको छ । अघिल्लो वर्ष १०.६९ प्रतिशत रहेको बेसरेट यो वर्ष ९.८९ प्रतिशत रहेको छ । बैंकको स्प्रेडदर ४.८८ प्रतिशत रहेको छ ।

१२) मेगा बैंकः यो बैंकको नाफा १९.५० प्रतिशत नाफा वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको तेस्रोे त्रैमासमा १ अर्ब १८ करोड २ लाख रुपैयाँ खुद नाफामा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको नाफामा बैंकले २३ करोड ६८ लाख रुपैयाँ थप गरेको हो । ।

बैंकद्वारा सार्वजनिक चालु आवको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा भने ४५ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

बैंकको निक्षेप गत आवको चैत मसान्तको तुलनामा ८.१२ प्रतिशत र कर्जा प्रवाहमा १२.७ प्रतिशतको वृद्धि देखिएको छ । चालु आवको चैत मसान्तसम्म बैंकले ८५ अर्ब ७ करोड ४० लाख रुपैयाँ निक्षेप संकल गरी १२ अर्ब ६९ करोड २ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

जसबाट बैंकको ब्याज आम्दानी तर्फ भने १५.६४ प्रतिशतको वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्म २ अर्ब ७५ करोड २७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ४३ करोड ५ लाख रुपैयाँले बढाएर ३ अर्ब १८ करोड ३३ लाख रुपैयाँ पुर्याएको छ । साथै बैंकको सञ्चालन मुनाफा १ अर्ब ७० करोड ५७ लाख रुपैयाँबाट बढेर २ अर्ब ७ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, बैंकको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर १८ रुपैयाँ ८३ पैसा, नेटवर्थ १ सय ३२ रुपैयाँ १९ पैसा, तरलता अनुपात २४.८४ गुणा र मूल्य आम्दानी अनुपात १०.६७ गुणा कायम भएको छ ।

सो अवधिसम्ममा बैंकको खराब कर्जा १.३२ प्रतिशत, कष्ट अफ फण्ड ७.१८ प्रतिशत, वेसरेट ९.९४ प्रतिशत, स्प्रेडरेट ५.२२ प्रतिशत र सीसीडी रेसीयो ७७.४८ प्रतिशत रहेको छ ।

१३) माछापुच्छ्रे बैंकः यो बैंकले एकवर्षमा १४ अर्ब ६६ करोड रुपैयाँले निक्षेप बढाउदा चैत मसान्तसम्ममा १ अर्ब १६ करोड रुपैयाँ गरेको छ ।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्लो वर्षको चैत मसान्तको तुलनामा यो वर्ष घटेको छ ।

अघिल्लो वर्षको चैत मसान्तमा बैंकले १ अर्ब २४ करोड नाफा गरेको छ । बैंकमा अघिल्लो वर्ष निक्षेप भने ८५ अर्ब १९ करोड रुपैयाँ थियो ।
बैंकले चैत मसान्तसम्ममा ९२ अर्ब ४९ करोड रुपैयाँ ऋण दिएको छ । पूँजीकोष अनुपात १२.८० प्रतिशत रहेको माछापुच्छ्र्रे बैंकको खराब कर्जा अनुपात(एनपीएल) ०.४५ प्रतिशत रहेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो) ७७.६५ प्रतिशत रहेको छ । बैंकको बसेरेट ९.९७ प्रतिशत रहेको छ भने ब्याजदर अन्तर(स्प्रेडदर) ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको भन्दा बेसरेट घटाएपनि माछापुच्छ्रे बैंकले यो वर्ष स्प्रेडदर भने बढी राखेको छ ।
बैंकले चैत मसान्तसम्ममा ३ अर्ब ३ करोड रुपैयाँ ब्याज आम्दानीबाट कमाएको छ ।

बैंकले चैत मसान्तसम्मको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १८ करोड ८२ करोड रुपैयाँ मात्र गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । बैंकले नियामकिय व्यवस्थाका लागि ७१ करोड रुपैयाँ छुट्याएको हुँदा वितरण योग्य मुनाफा कम भएको हो ।

८ अर्ब ४५ कराड रुपैयाँ पूँजी रहेको बैंकको रिजर्बमा मात्र २ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

१४) एभरेष्ट बैंकः एभरेष्टको नाफाले ६.२९ प्रतिशतले नाफामा वृद्धि गरेको छ ।

गत आवको चैत मसान्तसम्ममाको नाफामा १३ करोड ९४ लाख रुपैयाँले बढाएर २ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आवको चैत मसान्तसम्म २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । समीक्षा अवधिमा बैंकले १ खर्ब ४० अर्ब २ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ५९ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले ४ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २४ करोड रुपैयाँ बढी हो । गत आवको चैत मसान्तसम्म बैंकले ४ अर्ब १० करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

साथै, सो अवधिमा बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । बैंकको वितरण योग्य नाफा भने ९४ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

१५) कृषि विकास बैंकः चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कृषि विकास बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको चैत मसान्तको तुलनामा ७.७ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा बैंकले २ अर्ब २१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा भने १ अर्ब २५ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ३० अर्ब ५१ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरको छ । जसबाट बैंकले ४ अर्ब ३६ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ ।

गत आवको सोही अवधिमा बैंकले ५ अर्ब ३० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

साथै, सो अवधिमा बैंकले २ अर्ब ७० करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ४.२२ प्रतिशत, बेसरेट ११.१६ प्रतिशत र स्प्रेडरेट ५.२० प्रतिशत छ ।

साथै बैंककोे प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा र मूल्य आम्दानी अनुपात १३. ८६ गुणा कायम भएको छ ।

१६) प्रभु बैंकः यो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ ।

बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा १ करोडले नाफा बढाएको हो ।
बैंकले चैत मसान्तसम्मको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा ७७ करोड रुपैयाँ कमाएको उल्लेख गरेको छ ।

चैत मसान्तसम्ममा बैंकमा १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको चैत मसान्तसम्ममा बैंकको निक्षेप १ खर्ब ५ अर्ब रुपैयाँ थियो । यस्तै बैंकले चैत मसान्तसम्ममा ९९ अर्ब ३९ करोड रुपैयाँ ऋण दिएको छ ।

बैंकले ३ अर्ब ५९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको चैतमा ३ अर्ब ३७ करोड रुपैयाँ बैंकले ब्याज आम्दानी गरेको थियो ।
बैंकको पूँजीकोष अनुपात ११.५६ प्रतिशत रहेको छ । यस्तै खराब कर्जा अनुपात(एनपीएल) २.९५ प्रतिशत रहेको छ । बैंकले चैत मसान्तसम्ममा ५.३२ प्रतिशत स्प्रेडदर राखेको छ । यस्तै बेसरेट ८.९८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बेसरेट ९.१६ प्रतिशत रहेको थियो । कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो) ७३.७४ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १९.८९ प्रतिशत रहेको छ ।

१७) कुमारी बैंकः यो बैंकको नाफामा सामान्य सुधार देखिएको छ । बैंकद्वारा सार्वजनिक चालु आवको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकले सो अवधिमा ०.९३ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ ।

गत आवको चैत मसान्तसम्म २ अर्ब २३ करोड ३० लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब ७५ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

समीक्षा अवधिमा बैंकको ४ करोड ५० लाख ६१ हजार रुपैयाँ वितरण योग्य नाफा रहेको छ ।

यसैगरी, बैंकले चालु आवको चैत मसान्तसम्म ८५ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले २ अर्ब ७५ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा २३.२६ प्रतिशत अर्थात ५१ करोड ९६ लाख रुपैयाँ बढी हो ।

साथै सो अवधिमा बैंकको सञ्चालन मुनाफा भने १ अर्ब ४८ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

यसैगरी समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.९८ प्रतिशत, कष्ट अफ फण्ड ७.५६ प्रतिशत, वेसरेट १०.६५ प्रतिशत, स्प्रेडरेट ४.६५ प्रतिशत र सीसीडी रेसियो ७९.८० प्रतिशत रहेको छ ।

चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

१८) नेपाल एसबिआई बैंकः यो बैंकको नाफा १०.१४ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा नाफा १ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकको नाफा १६ करोड २४ लाख रुपैयाँले घटेको हो ।

बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानीमा घटेसँगै नाफा घटेको देखिन्छ ।

समीक्षा अवधिमामा बैंकले १ खर्ब ७ अर्ब २५ लाख रुपैयाँ निक्षेप संकलन गरी ९५ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले ३ अर्ब १३ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको चैत मसान्तको तुलनामा ६.४७ प्रतिशत अर्थात २१ करोड ७३ लाख रुपैयाँले कम हो ।

गत आवको चैत मसान्तमा बैंकले ३ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

साथै बैंकले सो अवधिमा २ अर्ब ४ करोड ९१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ७ प्रतिशत अर्थात १५ करोड ४३ लाख रुपैयाँ कम हो । सो अवधिमा बैंकको वितरणयोग्य नाफा १० करोड ४३ लाख रुपैयाँ छ ।

चैत मसान्तसम्ममा बैंकको बेसरेट ९.८६ प्रतिशत, स्प्रेडदर ५.१५ प्रतिशत र खराब कर्जा अनुपात ०.१९ प्रतिशत रहेको छ । साथै बैंकको प्रतिसेयर नेटवर्थ १ सय ६३ रुपैयाँ ७२ पैसा, मूल्य आम्दानी अनुपात १९.२४ गुणा र पूँजीकोष अनुपात १४.७४ प्रतिशत छ ।

१९) सिभिल बैंकः चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिल बैंकको नाफा २७ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म ४९ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा खुद नाफा १३ करोड ३३ लाख रुपैयाँले घटाएर ३६ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा १९ करोड ७ लाख ३३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

सो अवधिमा बैंकले ४९ अर्ब ८४ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब १ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेकोे छ । जसबाट बैंकले १ अर्ब ७० करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ ।

जुन गत आवको चैत मसान्तको भन्दा ८.५९ प्रतिशत अर्थात १३ करोड ५३ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै सो अवधिमा बैंकले ५३ करोड ८७ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस्तै, चालु आवको चैत मसान्तसम्म बैंकको खराब कर्जा अनुपात २.९६ प्रतिशत, कष्ट अफ फण्ड ८.१५ प्रतिशत, बेसरेट १०.९२ प्रतिशत, स्प्रेडरेट ४.०९ प्रतिशत र सीसीडी रेसीयो ७७.७० प्रतिशत रहेको छ ।

साथै सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०१ पैसा, प्रतिसेयर नेटवर्थ १ सय २४ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ ।

२०) एनसीसी बैंकः नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंकको नाफामा सामान्य सुधार देखिएको छ । बैंकद्वारा सार्वजनिक चालु आवको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकले सो अवधिमा ०.१५ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ ।

गत आवको चैत मसान्तसम्म १ अर्ब १६ करोड ४० ३० हजार रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब १६ करोड ५८ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा ३० करोड ५३ लाख २९ हजार रुपैयाँ वितरण योग्य नाफा रहेको छ ।

यसैगरी, बैंकले चालु आवको चैत मसान्तसम्म ६६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले २ अर्ब ५० करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १२.३४ प्रतिशत अर्थात २७ करोड ५४ लाख रुपैयाँ बढी हो ।

साथै सो अवधिमा बैंकको सञ्चालन मुनाफा भने ६० करोड ६२ लाख रुपैयाँ रहेको छ ।

यसैगरी समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात २.७५ प्रतिशत, कष्ट अफ फण्ड ७.२५ प्रतिशत, वेसरेट १०.३६ प्रतिशत, स्प्रेडरेट ५.०८ प्रतिशत र सीसीडी रेसियो ७६.९६ प्रतिशत रहेको छ ।

२१) सिटिजन्स बैंकः बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा २.०२ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकले नाफा १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ कमाएको छ । गत आवको सोही अवधिमा त्रैंकको नाफा १ अर्ब ६ करोड ९६ लाख १ हजार रुपैयाँ रहेको थियो ।

बैंकको वितरण योग्य नाफा ४१ करोड ९ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

बैंकको नाफा बढनलाई खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवको तेस्रो त्रैमासमा २ अर्ब ८ करोड ७२ लाख ४४ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा २ अर्ब २४ करोड ४८ लाख १३ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन नाफा पनि गत वर्षको भन्दा बढेको छ । गत वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४९करोड १४ लाख ५ हजार रुपैयाँ रहेकोमा यो वर्षको सोही अवधिमा १ अर्ब ५२ करोड ३१ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

८ अर्ब ६२ करोड २१ लाख ९६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४९ करोड ३३ लाख ६७ हजार रुपयैयाँ रहेको छ । बैंकको खराब कर्जा १.५८ प्रतिशतबाट घटेर ०.९७ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७७ पैसा रहेको छ ।

२२) प्राइम बैंकः यो बैंकको नाफा ३१.१८ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब ५४ करोड ७९ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब ३ करोड ६ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकको वितरणयोग्य नाफा ६४ करोड १२ लाख १३ हजार रुपैयाँ रहेको छ ।

बैंकको नाफासँगै खुद ब्याज आम्दानीमा सुधार आएको छ भने सञ्चालन नाफामा गिरावट देखिएको छ । गत आवको तेस्रो त्रैमासमा २ अर्ब ६० करोड १५ लाख ३० हजार खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब ३४ करोड ८ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यस्तै गत आवको तेस्रो त्रैमासमा २ अर्ब १९ करोड ९२ लाख ८५ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ४ करोड २५ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ ।

१३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब ४५ करोड ८ लाख ५ हजार रुपैयाँ रहेको छ । १ खर्ब १४ अर्ब ७३ करोड ३१ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ११ अर्ब ४६ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको खराब कर्जा पनि १.५८ प्रतिशतबाट घटेर ०.९७ प्रतिशतमा झरेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १४४ रुपैयाँ ६२ पैसा रहेको छ ।

२३) बैंक अफ काठमाण्डूः यो बैंकको नाफा घटेको छ भने वितरणयोग्य नाफा ऋणात्मक छ । राष्ट्र बैंकले चैत मसान्तमा सावाँब्याज नउठे पनि प्रोभिजनिङ गर्नुनपर्ने व्यवस्था गरेपनि बीओकेले प्रोभिजनिङ गरेका कारण यस्तो असर देखिएको हो ।

गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तमा बैंकको नाफा २७.४९ प्रतिशतले घटेर ८७ करोड ३४ लाख ९३ हजार रुपैयाँ रहेको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब २० करोड ४६ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, चालु आवको तेस्रो त्रैमासमा बैंकको वितरण योग्य नाफा ९ करोड ८ लाख ८३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको नाफामा गिरावट आएपनि बैंकको खुद ब्याज आम्दानी बढेको छ । गत आवको तेस्रो त्रैमासमा २ अर्ब ७३ करोड ५२ लाख ८४ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा २ अर्ब ८७ करोड ८७ लाख ८० हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको सञ्चालन नाफामा भने गिरावट आएको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब ७१ करोड ६ लाख १३ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब २३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा सिमित बनेको छ ।

८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २० करोड ७३ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

८९ अर्ब ७७ करोड ९ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७८ अर्ब ७२ करोड ४९ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.१२ प्रतिशतबाट घटेर १.५३ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६३ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९२ पैसा रहेको छ ।

२४) सेञ्चुरी बैंकः लकडाउनका बाबजुत पनि यो बैंकको नाफा ४९.९६ प्रतिशतले बढेर ९१ करोड ५७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा ६१ करोड ६ लाख ७१ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १३ करोड ४१ लाख १५ हजार रुपैयाँ मात्रै रहेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९७ करोड १७ लाख २१ हजार रुपैयाँबाट बढेर २ अर्ब २५ करोड १५ लाख ८५ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा पनि ८७ करोड ३३ लाख ७१ हजार रुपैयाँबाट बढेर १ अर्ब २६ करोड ९२ लाख २८ हजार रुपैयाँ रहेको छ ।

८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७९ करोड ९१ लाख १९ हजार रुपैयाँ रहेको छ ।

५८ अर्ब ७७ करोड ४५ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५८ अर्ब १० करोड ९५ लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.५३ प्रतिशतबाट बढेर २.१९ प्रतिशत पुगेको छ । १४ रुपैयाँ ५१ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ७२ पैसा रहेको छ ।

२५) हिमालयन बैंकः चैत मसान्तसम्ममा यो बैंकको नाफा १५।०४ प्रतिशतले बढेर २ अर्ब ३१ करोड १७ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब १ करोड ४० लाख ७६ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ८२ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी ३ अर्ब ७५ करोड ३४ लाख ३५ हजार रुपैयाँबाट बढेर ३ अर्ब ८४ करोड २४ लाख ६४ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा २ अर्ब ८६ करोड ५४ लाख ७५ हजारबाट बढेर ३ अर्ब ८ करोड ६४ लाख २६ हजार रुपैयाँ रहेको छ ।

९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ७८ करोड ९० लाख ५६ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब १६ अर्ब ३२ करोड ४४ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ८ अर्ब ८२ करोड १० लाख ३२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १्.३१ प्रतिशतबाट घटेर १।११ प्रतिशत झरेको छ । ३२ रुपैयाँ ९६ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ५० पैसा रहेको छ ।

२६) नेपाल बैंकः यो बैंकको वितरणयोग्य नाफा ६ करोड रुपैयाँ बढी ऋणात्मक भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार सो अवधिको बैंकको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख ८२ हजार रुपैयाँ ऋणात्मक रहेको हो ।

तेस्रो त्रैमासको समीक्षा अवधिमा बैंकको खुद नाफा ११ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा नाफा २४ करोड ८९ लाख रुपैयाँले घटेर १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले सो अवधिमा १ खर्ब २२ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकको ब्याज आम्दानी पनि १० प्रतिशतले घटेको छ ।

बैंकले गत आवको चैत मसान्तमा ४ अर्ब ७२ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ५० करोड ७० लाख रुपैयाँले ब्याज आम्दानी घटेर ४ अर्ब २१ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ ।

साथै सो अवधिमा बैंकका बैंकको सञ्चालन मुनाफा ४७ करोड २८ लाख रुपैयाँ घटेर २ अर्ब ६५ करोड ५ लाखमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात २।६४ प्रतिशत, कष्ट अफ फण्ड १५.९० प्रतिशत, बेसरेट ७.४९ प्रतिशत र स्प्रेडरेट ४.४९ प्रतिशत छ । सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १३ पैसा, प्रतिसेयर नेटवर्थ २९६ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात ९.२५ गुणा छ ।

२७) नेपाल इन्भेष्टमेन्ट बैंकः यो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको सोही अवधिको तुलनामा बैंकले २.७३ प्रतिशत नाफा कटाएको हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ७१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ७.६५ प्रतिशत घटेर ४ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै बैंकको सञ्चालन मुनाफा ३ अर्ब ५६ करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३८ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ९० रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.९५ गुणा रहेको छ ।


क्लिकमान्डु