आत्मनिर्भर अर्थतन्त्र बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा २०० खर्बको आर्थिक प्याकेजको घोषणा



नयाँ दिल्ली। देशलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड(२ सय खब) भारतीय रुपैयाँको आर्थिक प्याकेजको घोषणा गरेका छन् । यो रकम भारतको जीडीपीको आकारको १० प्रतिशत हो ।

२० लाख करोड रुपैयाँको प्याकेजले २०२० मा भारतलाई आत्मनिर्भर बनाउने अभियानको लागि विकास यात्रालाई नयाँ प्रोत्साहन दिने भारतीय प्रधानमन्त्री मोदीले बताए । उनले आत्मनिर्भर भारतको संकल्प पूरा गर्न यी सबै कुरामा जोड दिइएको बताउदै आर्थिक प्याकेजहरू कुटीर उद्योग, साना तथा मझा्रmा उद्योगहरुको लागि हुने जानकारी दिए ।

जुन क्षेत्रले करोडौं मानिसहरुको जीविकोपार्जनको लागि साधन बनाएको थियो, आत्मनिर्भर भारतको लागि हाम्रो संकल्पको सबल आधार हो, मोदीले देशबासीका लागि सम्बोधनका क्रममा भने । उनले आर्थिक प्याकेज देशका मजदुर,किसान र कडा परिश्रमक गर्नेका लागि भएको बताए । उनले प्याकेजले देशको मध्यम वर्ग जसले इमान्दारीपूर्वक कर तिरेको हुन्छ उसको लागि भएको बताए ।
उनले जेठ ४ मा सकिने लकडाउनपछि अर्को चरणको लकडाउन घोषणा गर्ने संकेत गरेका छन् ।


क्लिकमान्डु