माछापुच्छ्रे बैंकको निक्षेप एकवर्षमा १४ अर्ब ६६ करोडले बढ्यो, नाफा १ अर्ब १६ करोड



काठमाडौं । माछापुच्छ्रे बैंकले एकवर्षमा १४ अर्ब ६६ करोड रुपैयाँले निक्षेप बढाउदा चैत मसान्तसम्ममा १ अर्ब १६ करोड रुपैयाँ गरेको छ ।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्लो वर्षको चैत मसान्तको तुलनामा यो वर्ष घटेको छ ।

अघिल्लो वर्षको चैत मसान्तमा बैंकले १ अर्ब २४ करोड नाफा गरेको छ । बैंकमा अघिल्लो वर्ष निक्षेप भने ८५ अर्ब १९ करोड रुपैयाँ थियो ।
बैंकले चैत मसान्तसम्ममा ९२ अर्ब ४९ करोड रुपैयाँ ऋण दिएको छ । पूँजीकोष अनुपात १२.८० प्रतिशत रहेको माछापुच्छ्र्रे बैंकको खराब कर्जा अनुपात(एनपीएल) ०.४५ प्रतिशत रहेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो) ७७.६५ प्रतिशत रहेको छ । बैंकको बसेरेट ९.९७ प्रतिशत रहेको छ भने ब्याजदर अन्तर(स्प्रेडदर) ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको भन्दा बेसरेट घटाएपनि माछापुच्छ्रे बैंकले यो वर्ष स्प्रेडदर भने बढी राखेको छ ।
बैंकले चैत मसान्तसम्ममा ३ अर्ब ३ करोड रुपैयाँ ब्याज आम्दानीबाट कमाएको छ ।

बैंकले चैत मसान्तसम्मको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १८ करोड ८२ करोड रुपैयाँ मात्र गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । बैंकले नियामकिय व्यवस्थाका लागि ७१ करोड रुपैयाँ छुट्याएको हुँदा वितरण योग्य मुनाफा कम भएको हो ।
८ अर्ब ४५ कराड रुपैयाँ पूँजी रहेको बैंकको रिजर्बमा मात्र २ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।


क्लिकमान्डु