सार्वजनिक खर्च कटौतीमा निर्मम बन्न रामकुमारी झाँक्रीको अर्थमन्त्रीलाई सुझाव



काठमाडौं । सांसद रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. युवराज खतिवडालाई सार्वजनिक खर्च कटौती गर्नका लागि निर्मम बन्न सुझाव दिएकी छिन् ।

प्रतिनिधिसभाको बैठकमा उनले अर्थमन्त्री डा. खतिवडालाई सार्वजनिक खर्च कटौतीमा निर्मम बन्न सुझाव दिएकी हुन् ।

यो वर्ष विप्रेषण घट्ने र राजस्व पनि पर्याप्त मात्रामा संकलन गर्न नसकेको भन्दै यो बेलामा राज्यले सार्वजनिक खर्च कटौती गर्नुपर्ने उनको तर्क छ ।

उनले भनिन् ‘अर्थमन्त्रीले नम्बरमा नै कोड गरेर मन्त्रीले सार्वजनिक खर्च कटौती गर्ने भनेर निर्धारण गर्नुपर्छ । विभिन्न समया बनेका आयोगले सार्वजनिक खर्च कटौतिका लागि सुझाव दिएका छन् । त्यो सुझाव हेर्न आवश्यक छ ।’

उनले अनुत्पादक क्षेत्रमा खर्च नगर्ने, पहिला दायित्व सिर्जना भएका आयोजनाभन्दा अन्य आयोजनामा बजेट विनियोजन गर्न नहुने र जुन आयोजनामा बजेट विनियोजन भएको हो त्यसको परिणाम आउने खालको बजेट आवश्यक भएको बताइन् ।

दोस्रो चौमाससम्म आउँदा राजस्व संकलन, पुँजीगत खर्च निरासाजनक भएको भन्दै कर्मचारीसँग गरेको कार्यसम्पादन सम्झौतामा पनि ध्यान दिन आवश्यक रहेको बताइन् ।

उनले कोरोनाका कारण थिलथिलो भएको अर्थतन्त्रलाई कसरी माथि उठाउने भन्नेमा ध्यान दिन आवश्यक रहेको धारणा राखिन् ।

विदशेबाट फर्कने नेपालीलाई नेपालमा नै कसरी रोजगारी दिने भन्नेमा विषयलाई ध्यानमा दिएर बजेट ल्याउन सुझाव दिइन् ।

उनले अहिले अर्थसमितिले आगामी आवको बजेटको लागि सुझाव संकलन गरिरहेको पनि जानकारी गराइन् ।

आगामी आवको बजेटमा रोजगारी कसरी सृजना गर्ने, साना उद्योगीलाई कसरी बचाइराख्ने भन्ने कुरा पनि बजेटमा प्राथमिकताका साथ आउन आवश्यक रहेको धारणा राखिन् ।

बैठकमा उनले नेपाल राष्ट्र बैंकले १ खर्बको रि–फाइनान्सको व्यवस्था गर्ने भनेपनि त्यसको लक्षित समूह को हुन्छ ? भन्ने प्रश्न रहेको बताइन् ।
आगामी आवको बजेटमा उद्यमशिलताका लागि काम गर्नुपर्ने बताइन् ।

वैदेशिक रोजगारीमा गएका नेपाली नेपालमा फर्केको खण्डमा उनीहरुलाई कृषिमा लगाउने भनेपनि निर्वाहमुखी कृषिले जीवन चलाउन नसकेर सहरहुँदै अरब पुगेको जनशक्तिलाई पुनः त्यही कृषि पेशमा फर्किएर लाग्न कतिको सम्भव रहेको भन्दै प्रश्न गरेकी छिन् ।

विदेशमा रहेको नेपालीको मनोदशा नबुझी उनीहरुलाई कृषि क्षेत्रमा लगाउन सकिन्छ भन्ने मनोदशमा मात्रै भएको भन्दै त्यसले नपुग्ने बताइन ।

बैठकमा सांसद झाँक्रीले सहकारीलाई उत्पादनमा जोड्नुपर्ने बताइन । आगामी दिनमा सहकारीले वितरण र उपभोक्तासँग जोडिएर काम गर्नुपर्ने बताइन् ।


क्लिकमान्डु