साउनमा पुरक बजेट ल्याउन अर्थमन्त्रीलाई छायाँ अर्थमन्त्रीको सुझाव

119
Shares

काठमाडौं । जेठ १५ गते सानो आकारको बजेट ल्याएर साउनमा पुरक बजेट ल्याउन छाया अर्थमन्त्री डा मिनेन्द्र रिजालले सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीले प्रस्तुत गरेको सिद्दान्तको बारेमा बोल्दै नेपाली कांग्रेसका सांसद् तथा कांग्रेसले गठन गरेको छाया सरकारका अर्थमन्त्री रहेका रिजालले जेठ १५ मा संविधान अनुसार बजेट ल्याउनुपर्ने बाध्यता रहेको हुँदा सानो आकारको बजेट ल्याउन सुझाव दिए ।

‘साउनसम्म कोरोनाको प्रभाव कस्तो हुन्छ त्यसको आकलन गर्न सकिदैन,साउनसम्ममा यसको आकलन हुँने हुँदा साउनमा पुरक बजेट ल्याउनुपर्छ,’रिजालले प्रतिनिधिसभाको बैठकमा भने ।

उनले अर्थमन्त्री खतिवडालाई जेठ १५ मा ठूलो आकारको बजेट ल्याएर वास्तविक अवस्था चित्रण नहुँने भन्दै संविधानमा भएको व्यवस्था अनुसार साउनमा पुरक बजेट ल्याउनुपर्ने बताए ।

‘अर्थन्त्र कोरोना भाइरसको संकम्रण देखिनु अगाडि नै खराब अवस्थामा थियो, अहिले झन कहालीलाग्दो अवस्थामा पुगको छ,’रिजालले प्रतिनिधिसभाको बैठकमा भने ।

सरकारले राजस्व संकलन लक्ष्य अनुसारको गर्न नसकेको तथा विभिन्न कोषका रकम तानेर मात्र लक्ष्य पुर्याएको बताए ।