नेपाल एसबिआई बैंकको नाफा १०.१४ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा १०.१४ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा नाफा १ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ । सो अवधिमा बैंकको नाफा १६ करोड २४ लाख रुपैयाँले घटेको हो ।

बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानीमा घटेसँगै नाफा घटेको देखिन्छ ।

समीक्षा अवधिमामा बैंकले १ खर्ब ७ अर्ब २५ लाख रुपैयाँ निक्षेप संकलन गरी ९५ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले ३ अर्ब १३ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको चैत मसान्तको तुलनामा ६.४७ प्रतिशत अर्थात २१ करोड ७३ लाख रुपैयाँले कम हो ।

गत आवको चैत मसान्तमा बैंकले ३ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

साथै बैंकले सो अवधिमा २ अर्ब ४ करोड ९१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ७ प्रतिशत अर्थात १५ करोड ४३ लाख रुपैयाँ कम हो । सो अवधिमा बैंकको वितरणयोग्य नाफा १० करोड ४३ लाख रुपैयाँ छ ।

चैत मसान्तसम्ममा बैंकको बेसरेट ९.८६ प्रतिशत, स्प्रेडदर ५.१५ प्रतिशत र खराब कर्जा अनुपात ०.१९ प्रतिशत रहेको छ । साथै बैंकको प्रतिसेयर नेटवर्थ १ सय ६३ रुपैयाँ ७२ पैसा, मूल्य आम्दानी अनुपात १९.२४ गुणा र पूँजीकोष अनुपात १४.७४ प्रतिशत छ ।


क्लिकमान्डु