कोरोनाले अर्थतन्त्र सुस्ताएपनि रेल निर्माण र पानीजहाजको काम तीव्र पार्ने सरकारको घोषणा



काठमाडौं । कोरोनाका कारण अर्थतन्त्र संकटमा परेपनि सरकारको प्राथमिकतामा रेलमार्ग र जलमार्ग प्राथमिकतामा पर्ने भएको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाले आइतबार संघीय संसदमा विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता प्रस्तुत गर्दै सुरुङ्गमार्ग, रेलमार्ग र जल मार्गका आयोजनाहरुलाई तीव्रता दिने बताएका छन् ।

उनले आगामी आर्थिक वर्षको २०७७÷७८ मा सडक निर्माणलाई प्राथमिकतामा राखी निर्माणधीन दु्रत मार्ग, व्यापारीक मार्ग, उच्च गतियुक्त राजमार्ग निमार्णको लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने बताएका छन् । साथै शाखा सडक निमार्णमा पनि आवश्यक बजेट छुट्याइने उनको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन अगाडि पूर्वपश्चिम सहित चीनबाट काठमाडौंमा रेल ल्याउने र नेपाली नदी हुँदै पानीजहाज समुन्द्रमा चलाउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले २०७६ सालभित्र नेपालमा पानीजहाज चल्ने घोषणा गरेका थिए । कोरोनाको कारण २०७६ सालमा चैत महिना मात्र प्रभावित भएपनि पानीजहाज भने चलेन । पानीजहाज चलेपनि सरकारले पानीजहाज कार्यालय खोलेको छ यो कार्यालयले १ करोडभन्दा बढीको गाडी किन्न थालेको छ ।

यसैगरी, उनले शहरी क्षेत्रमा विद्यमान यातायातको चापलाई व्यवस्थित गरी यात्रुलाई सुविधाजनक परिवहन सेवा उपलब्ध गराउन सार्वजनिक यातायात सेवाको सञ्चालनलाई प्रोत्साहन गर्ने बताए । साथै आगामी बजेटमा सुरक्षति आवास, महत्वपुर्ण सार्वजनिक भवन र अन्य शहरी पूर्वाधारको निर्माण तथा विकासमा जोड दिइने उनले जानकारी दिए ।


क्लिकमान्डु