अब स्मार्टफोनमा पनि डेस्कटपझैं काम गर्न सकिने

फोर्ब्स २०७७ वैशाख २८ गते १३:२९ मा प्रकाशित

स्मार्टफोनको प्रयोग बढ्दै जाँदा यसको विकासमा पनि नयाँ-नयाँ फिचरहरु थपिएका छन् । जसले स्मार्टफोन पर्सनल कम्प्युटरकारुपमा समेत काम गर्न थालिसकेका छन् ।

जसबाट भिडियो सम्पदान गर्न, आर्टिकलहरु लेख्नलगायतका कामहरु गर्न सकिने भएको छ । यद्यपि मानिसहरु सहज ढंगले काम गर्नका लागि ठूलो स्क्रिन हुने कम्प्युटर तथा ल्यापटप तथा सहज किबोर्डकै सहायत लिन्छन् ।

तर स्मार्टफोन केही वर्षमै सहज ढंगले काम गर्न सक्ने गरी विकास हुने क्रममा पनि छन् ।

सामसुङ र हुवावे यसबाट अनविज्ञ छैनन् । त्यसैले ती कम्पनीहरुले मोबाइलमै पनि डेस्कटप भर्सन सफ्टवेयरको विकासमा लागेका छन् । र, यसको शुरुवात सन् २०१७ मै भइसकेको छ ।

सामसुङ डेक्स र हुवावेको इएमयूआई डेस्कटपको युएसबी-सी तथा एचडीएमआईको प्लग मोबाइलबाट मोनिटर वा टेलिभिजनमा काम गर्न सकिन्छ । पक्कै पनि स्क्रिन पर्याप्त नहोला तर शुरुवात भने भएको छ ।

यसका लागि तपाईसँग किबोर्ड र माउस भने चाहिन्छ भने ट्रयाकप्याड पनि चाहिन्छ ताकी काम गर्दा कम्प्युटर जस्तै लागोस । त्यसैले यी तीन चिजले स्मार्टफोनलाई कम्प्युटरका रुपमा काम गर्न सक्ने बनाउन सकिन्छ ।

यसका लागि द नेक्स डगले यी सबै समस्यालाई समाधान गर्ने अनुमान गरिएको छ । यसका ल्यापटपको सेल जडान हुनेछ ।
यो बाहिरी रुपमा ल्यापटप जस्तै देखिए पनि आन्तरिक रुपमा प्रोसेसर, मेमोरी तथा हार्डड्राइभको भने कमी हुनेछ । तर अब भने यी तीन एसेसेरिजका कारणले हुवावे र सामसुङका स्मार्टफोनलाई कम्प्युटरका रुपमा प्रयोग गरिनेछ ।

द नेक्स डटक सफ्टवेयरले हुवावे पी ४० प्रो र सामसुङ ग्यालेक्सी फोल्ड दुबैलाई डेस्कटपका रुपमा काम गर्न सक्ने गरी विकास गरिएको छ ।

यो सफ्टवेयरले मोबाइल फोनलाई डेस्कटप मोडमा लैजान्छ । यद्यपि इन्सटाग्रामलगायतका एप भने अर्कै स्वरुपमा देखिन सक्छन् । तर त्यसबाहेक गुगल डक्स, माइक्रोसफ्ट वर्ड, एक्सेल तथा अन्य वेव ब्रोजरहरु भने डेस्कटप फम्र्याटमा देखिन्छन् ।

हार्डवेयरको कुरा गर्दा द नेक्सडक एप्पलको म्याकबुक जस्तै देखिन सक्छ । स्पेस ग्रे आल्मुनियम कोटिङदेखि कालो किबोर्ड तथा मेसिन ट्रयापरल छ । जसमा १३.३ इञ्च स्क्रिन, १९२० गुणा १०८० रिजोलुसन पनि उपलब्ध हुनेछ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स