परराष्ट्रमन्त्री ज्ञवालीले भने- लिपुलेकको समस्या कुटनीतिक रुपमा हुनुपर्छ



काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले नेपालको सीमा मिचेको विषयमा त्यसको समाधान कुटनीतिक रुपमा नै खोजिरहेको बताएका छन् ।

तिनिधिसभाको आइतबारको बैठकमा मन्त्री ज्ञावालीले भारतले मिचेको नेपाल लिपुलेकको सीमाको विषयमा चीन सरकारलाई पनि पत्रचार गरिएको संसदलाई जानकारी गराए ।

कालापानी क्षेत्रमा रहेका भारतीय सेनाले नेपाली भू–भागमा रहेको सेना फिर्ता जानको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको समेत बताए ।

भारतले नेपालको भूमिमा २००८ देखि सडक निर्माण सुरु गरेको र २०१४ देखि सडक निर्माणमा नयाँ गति दिएको बारेमा पनि सरकारलाई जानकारी भएको बताए ।

‘सरकारले त्यसको विरोध पहिले पनि गरेको थियो । त्यो भू–भाग नेपालकै हो भन्नेमा अहिले पनि सरकार दृढ छ,’ उनले भने ।

‘दार्चुलादेखि लिपुलेकसम्म ७९ किलोमिटर सडक निर्माण भएको र भिडियो कन्फ्रेसन्समार्फत् उद्घाटन भएको छ । सरकार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो भन्नेमा निश्चित छ,’ उनले भने ।

उक्त सडकको विषयमा परराष्ट्रय सचिवस्तरमा पहिले पनि छलफल भएको र फेब्रुअरी अन्तिममा अर्को छलफल हुने भने पनि कोरोना भाइरसको कारण त्यो हुन नसकेको भन्दै कोरोनाको संक्रमण पनि भारत पनि वार्ताको लागि तयार रहेको मन्त्रीको भनाइ छ ।

बैठकमा सांसद दिलेन्द्रप्रसाद बडुले भारतले लामो समयदेखि उक्त क्षेत्रमा बनाएको सडकको सरकारलाई जानकारी भएको वा नभएको भन्दै प्रश्न गरेका छन् । यति लामो समयसम्म पनि सरकार कहाँ सुतेको थियो भन्दै प्रश्न गरेका छन् ।

बैठकमा सांसद महन्थ ठाकुरले यो समस्या पटक–पटक उठेको भए पनि समाधान भने हुन नसकेको बताए । उक्त क्षेत्रमा रहेको बस्तीमा भारतको प्रभाव रहेको भन्दै त्यहाँ भारतले नेपाल सरकारको उपस्थिती छ की छैन ? भन्दै प्रश्न गरेका छन् ।

सांसद सरिता गिरीले सरकारले राजनीति विवाद ल्याउन खोजेको र उक्त क्षेत्रमा भारत र चीनमा सहमति भएको भन्दै यो समस्या समाधानका लागि चीनमा पत्र पठाएको छ की छैन भन्दै प्रश्न गरेकी छिन् ।

सांसद दुर्गा पौडेलले भारतले नेपाललाई मिचेर जान खोजेको भन्दै यो विषय अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने धारणा राखिन । उनले अमेरिका र भारत मिलेर एमसीसीमा हस्ताक्षर गर्न लगाएको समेत दाबी गरिन ।

सांसद राजेन्द्र लिङदेनले यो विषयमा सरकार ढाकछोपमा लागेको र अहिले उदासिन भएको सको समेत बताए ।

यो समस्या समाधान गर्नका लागि पत्र पठाउनुभन्दा पनि प्रधानमन्त्री तहका नै छलफल आवश्यक भएको बताए ।

सांसद भीम रावलले भारतको अहिलेको कदम भत्र्सनायोग्य रहेको भन्दै त्यहाँबाट भारतीय सेना फिर्ता लैजान पनि आग्रह गरेका छन् । उनले नेपलालले आफ्नो नक्सा यकिन गरेर अन्तर्राष्ट्रिय अदालतमा जान समेत आग्रह गरेका छन् ।

सांसद गगन थापाले आफ्नो भूमि एक इन्च पनि तलमाथी हुन नदिने दाबी गरे । चीनको न्यानो स्वागतमा भारतको दादागिरी बढेको उनको तर्क छ ।

सांसद सुरेन्द्र पाण्डे सडक निर्माणको आपत्तीजनक, निन्दायोग्य रहेको भन्दै एउटा घटना आउने त्यसमो विज्ञप्ति जारी गरेर मात्रै समस्याको समाधान नहुने बताए ।


क्लिकमान्डु