हिमालयन बैंकको नाफा १५.०४ % ले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा हिमालयन बैंकको नाफा १५.०४ प्रतिशतले बढेर २ अर्ब ३१ करोड १७ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब १ करोड ४० लाख ७६ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ८२ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी ३ अर्ब ७५ करोड ३४ लाख ३५ हजार रुपैयाँबाट बढेर ३ अर्ब ८४ करोड २४ लाख ६४ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा २ अर्ब ८६ करोड ५४ लाख ७५ हजारबाट बढेर ३ अर्ब ८ करोड ६४ लाख २६ हजार रुपैयाँ रहेको छ ।

९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ७८ करोड ९० लाख ५६ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब १६ अर्ब ३२ करोड ४४ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ८ अर्ब ८२ करोड १० लाख ३२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.३१ प्रतिशतबाट घटेर १.११ प्रतिशत झरेको छ । ३२ रुपैयाँ ९६ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ५० पैसा रहेको छ ।


क्लिकमान्डु