तामाकोशी र मेलम्ची खानेपानी आयोजनाको काम दशैंमा सकिन्छ: योजना आयोग उपाध्यक्ष कंडेल



काठमाडौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कंडेलले माथिल्लो तामाकोशि जलविद्युत आयोजना र मेलम्ची खानेपानी आयोजनाको निर्माण दशैसम्म पुग्ने बताएका छन् । उनले शुक्रबार अर्थ समितिको बैठकमा तामाकोशि जलविद्युत आयोजना र मेलम्ची खानेपानी आयोजनाको निर्माण लम्बिने बताएका हुन् ।

कोरोनाको समस्या नदेखिएको भए यी दुवै आयोजना असार मसान्तसम्म सक्ने योजना भएपनि कोरोनाको कारण अवरोध भएको उनको भनाई छ ।

उनले कोरोनाका कारणा धेरै आयोजना प्रभावकारी रुपमा चल्न नसकेको बताए । निर्माण सामाग्री अभाव, कर्मचारी अभावका कारण काम हुन नसकेको र कुनै आयोजना २ सय ५५ कुनैमा १ तिहाई काम भएको उनको भनाई छ । यसबाट सन्तोष हुने ठाउँ नरहेको उनले बताए ।


क्लिकमान्डु