व्यवसायीलाई अर्थसचिवले भने- सहुलियत दरमा ऋण लिएर तलब खुवाउनुहोस्



Shishir Dhungana

काठमाडौं । अर्थसचिव शिशिर कुमार ढुंगानाले अहिलेको अवस्थामा सबैजना मिलेर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) ले आयोजना गरेको वेवनारमा सचिव ढुंगानाले कोरोना भाइरसको कारण सबै क्षेत्रमा कुनै न कुनै असर परेको भन्दै योबेला कोरोनाले पारेको क्षतिको सामना गर्न सबैको समान भूमिका आवश्यक रहेको बताए ।

उनले भने, ‘कोरोनाको कारण कसैलाई कम र कसैलाई बढी असर परेको हुनसक्छ ।’ उनले यो बेलामा संस्थागत स्वार्थभन्दा माथि उठेर पनि काम गर्न आग्रह गरे ।
कोरोना भाइरसको समस्या नआएको भए नेपालको नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ नै रहेको जानकारी गराए ।

उनले भने, ‘नेपालको अर्थतन्त्र राम्रो अवस्थामा थियौ । त्यसमा कोरोनाले असर गरेको छ । हामी यो वर्ष उच्च आर्थिक वृद्धिमा थियौं । कोरोनाको असर नभएको भए तेस्रो वर्षपनि उच्च आर्थिक वृद्धिमा जाने थियौं । स्वदेशी उत्पादन बढेको थियो । आयात कम हुँदै गएको थियो । यो बेलामा अप्रत्यासित अवस्था आएको छ ।’

अर्थतन्त्र पुनरउत्थानको लागि काम गर्न आवश्यक रहेको उनको भनाइ छ । सरकारले सहुलियत दिने विषयमा कति असर परेको छ त्यो हेरेर मात्रै राहतको व्यवस्था गर्नुपर्ने जानकारी समेत गराए । कोरोनाका कारण राजस्व संकलन पनि घटेको बताए ।

कोरोना न्यूनिकरणका लागि सरकारले काम गरिरहेको र आगामी आर्थिक वर्षको बजेट पनि सोही अनुसार नै आउने जानकारी गराए ।

अर्थ सचिव ढुंगाना कोरोनका कारण विकास निर्माण क्षेत्र, कृषि क्षेत्रमा रोजगारीमा असर परेको जानकारी गराए । बैंक ब्याजदर सहुलियत दिने, होटल पर्यटन क्षेत्र कर्मचारीलाई तलब दिन फाइनान्सिङ गर्ने योजना रहेको पनि बताए ।


क्लिकमान्डु