पुनरकर्जाको दायरा १ खर्ब रुपैयाँ पुग्यो



काठमाडौं । सरकारले पुनरकर्जाको दायरा बढाएको छ । कोरोना भाइसर प्रभावलाई राहत प्याकेज अन्तर्गत ४० अर्ब रुपैयाँ थप गरी १ खर्ब रुपैयाँ पुर्याएको हो ।

बिहीबार सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडा सरकारले पुनरकर्जा कोषको आधार एक खर्ब रुपैयाँको बनाएर कोरोना प्रभावित व्यवसायीलाई सहुलियत ब्याजदरमा ऋण दिने निर्णय गरेको हो ।

बैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले ६० अर्बको पुनरकर्जा कोषलाई १ खर्बको बनाउने निर्णय भएको बताएका हुन् ।

सरकाको निर्णयलाई नेपाल राष्ट्र बैंकले साही अनुसार नै बैंक तथा वित्तीय संस्थाहरुलाई पुनरकर्जा वितरण गर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा नियमन विभागका प्रमुख देवकुमार ढकालले बताए ।

राष्ट्र बैंकले यस अघि नै पुनरकर्जाको ब्याजदर भने घटाउने निर्णय गरिसकेको छ । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले २ प्रतिशतमा र बैंक तथा वित्त संस्थाले व्यवसायलाई ५ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराउने निर्देशन दिएको थियो ।

साना तथा घरेलु उद्योगको सञ्चालनका लागि आवश्यक पर्ने चालु पुँजी कर्जा सहुलियत दरमा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन राष्ट्र बैंकलाई सरकारले निर्देशन दिएको छ ।


क्लिकमान्डु