कर तिर्ने समय १ महिना थपियो



काठमाडौं । सरकारले आयकर र मूल्य अभिवृद्धि कर, भ्याट तिर्ने समय अवधि १ महिना थप गरको छ । फागुन महिनामा तिर्नुपर्ने कर अब जेठ २५ गतेसम्म तिर्न मिल्ने व्यवस्था गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना प्रभावित क्षेत्रलाई राहत प्याकेजको रुपमा जनतालाई कर, अन्तशुल्क भ्याट दाखिलामा सहुलियत दिएको हो ।

जसअनुसार माघ, फागुन र चैत महिनाको कर दाखिला जेठ २५ गतेसम्म गर्दा हुने छ । साथै फागुन, चैत महिनाको शिक्षा शुल्क, टेलिफोन सेवा शुल्क तथा दुरसञ्चार सेवा शुल्क दस्तुर दाखिला २५ गतेसम्मलाई बढाइएको हो ।

कोरोना भाइरसको कारण व्यावसायमा असर परेको भन्दै कर तिर्ने समय बढाइएको हो । अब व्यावसायीहरुले माघ र फागुनमा तिर्नुपर्ने भ्याट रकम जेठ २५ गतेसम्ममा बुझाउँदा हुनेछ ।

यस्तै अग्रिम आयकर दाखिला गर्ने म्याद पनि २०७७ जेठ २५ सम्म सारिएको छ । साथै चैत महिनामा तिर्नुपर्ने दोस्रो किस्ता वापतको आयकर रकम पनि जेठमा तिर्न सकिनेछ । यो समयमा बुझाउनु पर्ने कर विवरणको समेत म्याद थप गरिएको हो ।


क्लिकमान्डु