प्राइम बैंकको नाफा ३१.१८% ले बढ्यो



काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कैलाश विकास बैंकलाई अक्वायर गरेपछि सार्वजनिक गरेको वित्तीय विवरणमा बैंकको नाफा ३१.१८ प्रतिशतले बढेको छ ।

गत आवको तेस्रो त्रैमासमा १ अर्ब ५४ करोड ७९ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब ३ करोड ६ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकको वितरणयोग्य नाफा ६४ करोड १२ लाख १३ हजार रुपैयाँ रहेको छ ।
बैंकको नाफा सँगै खुद ब्याज आम्दानीमा सुधार आएको छ भने सञ्चालन मुनाफामा गिरावट देखिएको छ । गत आवको तेस्रो त्रैमासमा २ अर्ब ६० करोड १५ लाख ३० हजार खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब ३४ करोड ८ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यस्तै गत आवको तेस्रो त्रैमासमा २ अर्ब १९ करोड ९२ लाख ८५ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ४ करोड २५ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ ।

१३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब ४५ करोड ८ लाख ५ हजार रुपैयाँ रहेको छ । १ खर्ब १४ अर्ब ७३ करोड ३१ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ११ अर्ब ४६ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको खराब कर्जा पनि १.५८ प्रतिशतबाट घटेर ०.९७ प्रतिशतमा झरेको छ ।
प्रति सेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १४४ रुपैयाँ ६२ पैसा रहेको छ ।


क्लिकमान्डु