नयाँ वर्षमा एनसेलले ल्यायो आकर्षक योजनाहरु



काठमाडौं । एनसेलकाग्राहकले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग अब अझै सुलभ दरमा कुरा गर्न सक्नेछन् । र, विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागि निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

नयाँवर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले बैशाख १ गते (सोमबार) आफ्ना ग्राहकका लागि दुई आकर्षक योजनाहरु ल्याएको घोषणा गरेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको त्रास र लकडाउनको बढ्दो अवधिसँगै, विदेशमा रहेका आफ्ना परिवारका सदस्य, आफन्ततथा साथीभाईसँग अझ सुलभ दरमा सम्पर्कमा रहिरहन एनसेलले विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कलको दरमा छुट गरेको छ । त्यस्तै लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको छ ।

न्यु इयर अफर अन्तर्गत ग्राहकले विश्वको १५ मुलुकमा अन्तर्राष्ट्रिय कल अब मात्र रु २.४९ प्रतिमिनेट (कर सहित रु ३.१८) मा गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमाभारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्तअधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन् ।

ग्राहकले १७१०७ डायल गरी यो योजनाअन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छुटको फाइदालिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी वाअंग्रेजीमा ठुलो ए लेखी १७१०७ मा एसएमएस पठाएर पनि यो योजनाको लाभलिन सक्नेछन् । यो योजना १ महिनाको लागिमान्य रहनेछ ।

नयाँवर्षकै अर्को योजनाअन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागिविभिन्न डिजिटल सेवाहरु जस्तै गीतम्युजिकएप, म्युजिक स्टेशन, भक्ति संगीत र एक घण्टी रेडियो अन्तर्गतको ज्योतिष सेवापनि १ महिनाको लागिनिःशुल्क गरेको छ ।

गीतम्युजिकएपएनसेल नेटवर्कमा मात्र सुचारु गर्न सकिने एक संगीतिकएप सेवाहो जहाँग्राहकले विभिन्न नेपालीगीतहरु सुन्दै आनन्दलिन सक्छन् । यो एप सुचारु गर्न ग्राहकले पहिलाएनसेलको नेटवर्कबाट मात्र सुचारु सक्छन् । र, त्यस पश्चातकुनै पनि नेटवर्कवाट गीत संगीतको मजालिन सक्छन् । यो योजनाअन्तर्गत ग्राहकले यो एपको निःशुल्कप्रयोग गर्न सक्छन् । त्यस्तै अर्कोआकर्षक डिजिटल सेवामाम्युजिक स्टेशन १ महिनासम्मनिःशुल्कचलाउन सकिने सुविधा रहेको छ ।

यो म्युजिक स्टेशन सेवाअन्तर्गत ग्राहकले १७१४० मा रहेका गीतहरु मध्य हरेक दिन १० मिनेटसम्म कुनै पनिआइभीआर मार्फत निःशुल्क सुन्न सक्नेछन् । ग्राहकले अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४० मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्नेछन् ।

यसैगरी यस नयाँवर्षको योजनाअन्तर्गतनै ग्राहकले अर्को डिजिटल सेवाभक्ति संगीतको पनि १ महिनासम्म निःशुल्क लिन सक्नेछन् । यो सेवाअन्तर्गत ग्राहकले धार्मिक गीत संगीततथाभजनहरु निःशुल्क सुन्न सक्नेछन् ।

अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४८ मा एसएमएस पठाइ ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । यसका साथै ग्राहकले एक घण्टी रेडियो अन्तर्गत रहेको वार्षिक ज्योतिष परामर्शको पनि १ महिनासम्मनिःशल्ुकप्रयोग गर्न सक्नेछन् । ग्राहकले १७१६५ मा डायल गरी दिनमा एक पटक आफ्नो बारेमा २०७७ को ज्योतिष परामर्श लिन सक्नेछन् ।

उल्लेखित सबै डिजिटल सेवाहरु बैशाख ३० गते सम्म निःशुल्क उपलब्ध हुनेछन् ।


पुष्प दुलाल