कोरोना कहरः यी सामग्री नियमित प्रयोग गर्नुस्, रोग प्रतिरोधी क्षमता बढ्छ



काठमाडौं । विश्व्यापीरुपमा कोरोना भाइरसको सक्रमण चैतमा खरमा आगो लागे जसरी फैलिएको छ । यसलाई नियन्त्रणका लागि भइरहेका प्रयास समेत सार्थक बन्न सकेको छैन । शक्तिशाली भनिएको अमेरिकासमेत यतिबेला कोरोनाको नयाँ इपिसेन्टरमा परिणत भएको छ ।

यस्तो बेला कोरोनासँग लड्नका लागि आत्मिक शक्ति नै बढाउनु जरुरी छ । आत्मिकरुपमा जसको प्रतिरोधी क्षमता बढी छ, त्यस्तालाई कोरोना भाइरस लागेपनि छिट्टै निको भएको तथ्यहरुले स्पष्ट पारेका छ ।

यस आलेखमा आत्मप्रतिरोध बढाउन सहयोग पुर्याउने केही सामग्रीको बारेमा जानकारी दिन खोजिएको छ ।

अदुवा

विशेषगरी नेपालगायत भारतमा अदुवा असाध्यै लोकप्रिय रहेको छ । अदुवालाई जीवन प्रयन्त प्रयोग गर्ने समूह नेपालमा पनि ठूलो मात्रामा रहेको छ । मसलाको रुमपा अदुवा प्रयोग गर्दा त्यसबाट रोग प्रतिरोधी क्षमताको विकास हुन्छ । यद्यपी अदुवा कोरोना भाइरसबाट बच्ने उपाय वा औषधीभ भने होइन । चिकित्सकहरुका अनुसार मानवको स्वास्थ्य ठिक राख्न अदुवाको प्रयोग गर्न सकिने भएपनि यो कोरोना विरुद्धको औषधी भने पक्कै होइन ।

अदुवा निकै स्वादिलो मसलाजन्य परिकार हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि रहेको चिकित्सकहरुको भनाइ छ । अदुवामा जिंगेरोल नामक लाभकारी तत्व रहेको छ । जुन वैज्ञानिकहरुका अनुसार शक्तिशाली औषधीय गुण भएको तत्व हो । अदुवाको नियमति सेवनले विभिन्न खाले फाइदा दिने अध्ययनबाट पनि प्रष्ट भएको छ ।

भारतमा त पछिल्लो दिनमा कोरोना भाइरसको सक्रमण बढेपछि अदुवा प्रयोग गर्नेहरुको संख्यामा झण्डै २०० प्रतिशतले वृद्धि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अदुवाले रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्छ । त्यसमा विशेष गरी क्रोमियम, म्याग्नेसियम तथा जिंक जस्ता तत्व पाइन्छ । ती तत्वले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँन सहयोग पुर्याउँछ ।

अदुवामा मधुमेह प्रतिरोधी गुण हुन्छ । अदुवाको नियमित सेवनले रगतमा सुगरको मात्रा नियन्त्रण गरिदिन्छ । साथै यसले रगतमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्दछ । जसका कारण मुटुरोगको जोखिम पनि कम हुन्छ ।

विभिन्न सर्जरी तथा क्यान्सरको केमोथेरापी गरेका विरामीमा आउने वाकवाकी तथा वान्ता रोक्न पनि अदुवा सहयोगी भएको तथ्य स्पष्ट भइसकेको छ ।

चिसो तथा रुघाखोकीले सताउँछ भने अदुवा नियमित रुपमा सेवन गर्नाले थप फाइदा पुग्छ । कोरोनाको लक्षण पनि यही भएकाले त्यसबाट लाभ प्राप्त गर्न सकिन्छ । त्यस्तै छाती तथा करंग दुख्ने समस्यामा पनि अदुवाको सेवन फाइदाजनक हुने गरेको छ ।

थकान तथा कमजोरी महसुस हुने समस्या भएकाहरुका लागि पनि अदुवाको सेवनले राहत प्रदान गर्ने गरेको छ ।

बाथरोगी तथा जोर्नी दुख्ने समस्या भएकाहरुका लागि समेत अदुवाको सेवन लाभदायी हुन्छ । अदुवाको धुलो नियमित रुपमा सेवन गर्नाले पाचन प्रक्रिया नियमित हुन्छ तथा राम्रोसँग दिसा हुन्छ ।

बेसार

नेपालमा विशेषगरी बेसारलाई अचुक मसलाको रुपमा प्रयोग गरिन्छ । कतिपयले यसलाई हलेदो वा हल्दीको समेत नाम दिएका छन् । नेपाली खाना बनाउँदा बेसार नहालेको खण्डमा के बेसार नहालेको जस्तो भन्ने लोकोत्ति नै स्थापित छ । विशेषगरी कोरोनाबाट जोगाउन प्रतिरोधी क्षमता बढाउन पनि हलेदो वा बेसार प्रयोग गर्न सकिने चिकित्सकहरुको दावी छ ।

बेसार एउटा यस्तो खान्की हो जसले खानालाई स्वादिलो मात्र बनाउँदैन जस्तोसुकै परिकारलाई पनि पहेलो रङमा बदलिदिने तत्व रहेको हुन्छ । जुन मानव स्वास्थ्यका लागि समेत महत्वपूर्ण मानिन्छ ।

रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको हुन्छ ।अनुसन्धानका अनुसार नियमित बेसार खाने व्यक्तिलाई सानोतीनो रोगले सताउँदैन ।

अकस्मात घाँटी दुखेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी पिउँदा निकै राहत दिन्छ ।

बेसारमा करक्युमिन नामक रसायन रहेको हुन्छ । यसले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ । बिहान उठ्ने वित्तिकै मन तातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुने देखिएको छ ।

बेसार मिसाएर पकाएको खाना पचाउन सजिलो हुन्छ । नियमित बेसार पानी पिउँदा यसले रगत सफा गर्नुका साथै शरीरमा रगत जम्न दिँदैन ।

नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउरीपनाबाट बच्न सकिन्छ । यसले सयम नपुग्दै आउने चाउरीपनालाई रोक्ने काम गर्छ । यस्तै नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा समेत कम हुने वैज्ञानिक खोज सार्वजनिक भइसकेको छ ।

जिरा

यस्तै कोरोनाबाट जोगिन र प्रतिरोधी क्षमता बढाउनका लागि अर्को अचुक औषधी हो जीरा । चिसोबाट बच्न तथा रुघाखोकीबाट जोगिनका लागि समेत जीरा महत्वपूर्ण देखिन्छ । पाचन शक्ति बढाउन तथा अन्य लाभकारी गुण्का लागि जरुाि प्रयोग गर्न सकिन्छ ।


पुष्प दुलाल