कोराना भाइरसको कारण आर्थिक सूचक अब नकारात्मक हुने अर्थमन्त्रालयको टिप्पणी



काठमाडौं । अर्थमन्त्रालयले चैत महिनाबाट कोरोना भाइसरको असर अर्थतन्त्रमा देखिने जनाएको छ । मन्त्रालयले अर्थ बुलेटिन प्रकाशित गर्दै फागुन महिनासम्मको सम्पुर्ण आर्थिक सुचक सन्तोषजनक रहेपनि आगामी दिनमा नकारात्मक दिशा तर्फ जाने प्रष्टाएको छ ।

सार्वजनिक अर्थ बुलेटिन मार्फत मन्त्रालयले महामारीको रुपमा फैलिएको कोभिड–१९ ले नेपाल सहत विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पर्ने प्रक्षेपण गरेको छ ।

अर्थ मन्त्रालयको अनुसार मुलुक लक डाउनको अवस्थामा रहेको चालु आर्थिक वर्षको फागुन महिनासम्म अधिकांश प्रमुख आर्थिक परिसूचकहरु सकारात्मक देखिएका थिए । कुल सरकारी खर्च लक्ष्य बमोजिम हनु नसकेतापनि गत वर्षको सोही अवधिकोे तुलनामा उच्च नै रहेको थियो । पैठारीमा संकलन हुने कर, राजश्वमा संकुचन आएता पनि समग्र राजश्व परिचालन सन्तोषप्रद नै रहेको थियो । वैदेशिक प्रतिबद्धतामा वृद्धि भएको थियो भने निर्यात पनि क्रमिक रुपमा बढ्दै गएको वस्तु आयात घटेको थियो ।

सोही कारणले फागुनमसान्तसम्म व्यापार असन्तुलनमा पनि क्रमिक सुधार हुने र शोधानान्तर स्थिति पनि सुधार भएको थियो । सो अवधिमा वैदेशिक रोजगारमा जाने कामदारहरुको संख्यामा पनि वृद्धि भएको थियो ।

कोभीड–१९ को संक्रमण चीन लगायतका अन्य मुलुकहरुमा फलिएको कारणले पर्यटक आगमनमा संकुचन फागुनमा नै आएको थियो । साथै व्यापार निर्माण लगायत अन्य आर्थिक क्रियाकलापहरुमा गत महिनाबाट नै यसको असर पर्न गएको छ ।

कोभीड–१९ को संक्रमण विश्वका अधिकांस मुलुकहरु सहित नेपालमा पनि बढेको छ । जसका कारण आगामी दिनमा यसको प्रभाव विश्व अर्थतन्त्र नेपालको अर्थतन्त्रमा गहिरो रुपमा देखिन्छ ।


क्लिकमान्डु