पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, कसलाई कतिपर्यो ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी गरेको साधारण सेयर(आइपीओ) बाँडफाँड गरेको छ ।

पुनर्बीमा कम्पनीको आइपीओमा आवेदन गरेका ३ लाख ९० हजार ६३८ जना आवेदकले सेयर पाएका छन् ।

कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको आइपीओ निष्कासन गरेको थियो ।

पुनर्बीमा कम्पनीको आइपीओमा ४० कित्ताभन्दा कम आवेदन गरेका सबैले माग अनुसार नै सेयर पाएका छन् । ५० कित्ताभन्दा बढी आइपीओ भर्नेहरुले न्यूनतम ४० कित्ता र ७७ हजार २४५ जनाले थप १० कित्ता गरेर ५० कित्ता सेयर पाएका छन् ।

पुनर्बीमाको आइपीओमा २७ हजार ७४८ जनाले १० कित्ता सेयरको लागि आवेदन दिएका थिए । यस्तै २० कित्ताको लागि १५ हजार ५९० जनाले आवेदन दिएका थिए । ३० कित्ताको लागि १२ हजार ७२३ जनाले आवेदन दिएका थिए ।

४० कित्ताको लागि २० हजार ९२९ जनाको आवेदन परेको थियो । ५० कित्तादेखि १० हजारकित्तासम्म आवेदन दिने ३ लाख १३ हजार ६४८ जनामा ७७ हजार २४५ले गोलाप्रथाद्धारा थप १० कित्ता सहित ५० कित्ता सेयर पाएका छन् ।

९१८ जना आवेदकको आवेदन रद्द भएको छ । सेयर परे नपरेको जानकारी मेरोसेयरबाट हेर्न सकिने निष्कासनकर्ता आरबीबी मर्चेन्टले जनाएको छ ।


क्लिकमान्डु