सीमामा रोकिएका नेपालीलाई ल्याएर क्वारेन्टाइनमा राख्न सर्वोच्चको सरकारलाई आदेश



काठमाडौं सर्वोच्च अदालतले विदेशमा रोकिएका   नेपालभारत सीमामा रोकिएका नेपालीबारे  सरकारलाई बुँदे आदेश दिएको

मंगलबार न्यायाधीश दीपककुमार कार्की मनोजकुमार शर्माको संयुक्त इजलासले भारतीय सीमामा रहेका नेपालीलाई उनीहरुले चाहेमा नेपाल ल्याई क्वारेन्टाइनमाराख्न आदेश दिएको

अदालतको बुँदे आदेश

. विदेशमा खान बस्न स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरुको पहिचान गरी नेपाल फर्कन चाहने इच्छुक नेपालीनागरिकलाई सम्बन्धित मुलुकसँग कुटनीतिक पहल वा माध्यमबाट समाधान गरी ल्याउन व्यवस्था गर्नु/गराउनु,  तत्काल सम्भव नभए उनीहरुको उचित खान,स्वास्थ्य बसाइको व्यवस्था मिलाउन आवश्यक पहल गर्नु

. नेपालीहरु विदेशबाट नेपाल आएको अवस्थामा आएका सम्पुर्ण व्यक्तिहरुको नाम थर वतनसहितको अद्यावधि लगत राखेर मात्र नेपाल प्रवेश गराउने उनीहरुलाईक्वारेनटाइनमा राख्नु

. नेपाल भारतको सिमामा रहेका नेपालीहरुलाई उनीहरुले चाहेमा नेपाल ल्याई निश्चित समय क्वारेनटाइनमा राख्ने  त्यस्तो गर्न तत्काल सम्भव नभए भारतसरकारसँग सम्वन्वय गरी खान,बस्न उपचारको यथोचित व्यवस्था मिलाउन पहल गर्नु

. क्वारेनटाइनमा रहेका व्यक्तिलाई WHO को  मापदण्डअनुसार स्वास्थ्य उपचारलगायतको सेवा प्रदान गर्नेगरी व्यवस्थित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनु

. विदेशमा रहेका नेपालीहरुको भिसा समाप्त भएको वा राहदानीको म्याद समाप्त भएको कारणबाट कुनै समस्यामा भए सम्बन्धित देशसँग सम्वन्वय गरी नियमितबसाइ नियमित गर्ने व्यवस्था मिलाउनु


क्लिकमान्डु