कक्षा ११ र १२ को परीक्षा पनि स्थगित



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ । बोर्डले चैत २५ निर्णय गर्दै अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

बैशाख ८ गतेदेखि सञ्चालन हुने तय गरिएको कक्षा १२ को परीक्षा र बैशाख २१ गतेदेखि हुने तय भएको परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो ।

कोरोना भाइरसका कारण मुलुकमा लकडाउन लागू भएको अवस्थामा परीक्षा स्थगित गरिएको हो । बोर्डका अनुसार कक्षा ११ र १२ मा गरी करिब ९ लाख ६२ हजार परीक्षार्थी छन् ।

बोर्डले यसअघि एसईईको परीक्षा पनि स्थगित गरेको थियो । चैत ८ गतेदेखि हुने तय भएको परीक्षा स्थगित गरिएको थियो ।


क्लिकमान्डु