सरकारलाई असफल बनाउने प्रचार बढी भयोः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्दको लडाईमा काम गरेको सरकारलाई आलोचना मात्र गर्ने काम भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सरकारलाई असफल बनाउनको लागि संचारमाध्यम र सामाजिक संजालमा आलोचना बढी भएको बताए ।

‘मिडिया र सामाजिक संजालमा आउने आलोचनामा मेरो ध्यान भएको छ, सरकारलाई असफल बनाउन चलाइएको प्रचार बेमौसमी बाँजा हो,’प्रधानमन्त्री ओलीले भने । उनले लगातारको निरन्तर प्रचारले सरकार कमजोर नहुँने भन्दै सरकार र जनताबीचको बलियो एकता नै महाहारीलाई जित्न सकिन्छ ।

प्रधानमन्त्रीले जीवन र वैयक्तित स्वतन्त्रतामा जीवनलाई रोजिने बताए ।

महामारी विरुद्द लड्न विश्व नै तयार नभएको अवस्थामा शक्तिशाली देशले समेत नसकेकोको अवस्थामा नेपाललाई हम्मे पर्नु स्वभाकि हुने बताए ।

‘विश्वभर नै स्वास्थ्य उपकरणको अभाव भएको बेला सामान्य अवस्थामा जस्तो खरिद गर्न सकिदैन,सरकारले यस्तो अवस्थामा पनि शुसासनमा नै केन्द्रीत गरेर खरिद गर्ने छ,’प्रधानमन्त्री ओलीले भने ।


क्लिकमान्डु