अष्ट्रेलियाका बैज्ञानिकले पत्ता लगाए ४८ घण्टामा कोरोना भाइरस मार्ने औषधि



काठमाडौं । अष्ट्रलियाका बैज्ञानिकहरुले एन्टी प्यासाइटिक ड्रगले कोरोना भाइरसलाई ४८ घण्टामा मार्ने दाबी गरेका छन् ।

मोनास विश्वविद्यालयको बायोमेडिसिन डिस्कोभरी इस्टिच्युट र पिटर डोर्हेटी इन्स्टिच्युट अफ इन्फेक्सन एण्ड इम्युनिटीको संयुक्त अध्ययनले हाल बजारमा उपलब्ध एन्टि प्यारासाइटिक ड्रगको प्रयोगले ४८ घण्टाभित्र कोरोना भाइरस मार्न सकिने निष्कर्ष निकालेको हो ।

मोनास विश्वविद्यालयबाट नेतृत्व गरेका डाक्रट किलाई वागस्टाफले आइभरम्याक्टिन नामको ड्रगले कोरोना भाइरसको बढदो सेललाई ४८ घण्टामा बन्दा गरिदिने बताएका छन् ।

उक्त अध्ययनले सिंगल डोजले पनि सबै भाइरल आरएनएलाइए ४८ घण्टाभित्र हटाइसक्ने र २४ घण्टामै उल्लेखनिय सुधार आउने उनले दाबी गरे ।

आइभरमेक्टिन औषधि एफडिए अप्रुभ्ड ड्रग हो जुन एचआइभि, डेंगु, इन्फ्लुएन्जा र जिका भाइरसका विरुद्ध पनि प्रयोग गरिन्छ ।
डाक्टर वागस्टाफले उक्त परिक्षण भिट्रो अर्थात टेस्ट ट्युवमा गरिएको थियो । उक्त परिक्षण मानिसमा पनि गर्नुपर्ने समेत उनले सल्लाह दिएका छन ।

उनले थप स्पष्ट पार्दै भनेका छन्- आइभरमेक्टिन धेरै प्रयोगमा आएको सुरक्षित ड्रग हो । भिट्रो परीक्षणका क्रममा सफल भएको यो विधि अब मानिसमा गर्दा प्रभाबकारी हुन्छ वा हुँदैन, त्यो भने अबको चरणमा थाहा हुन्छ ।

अहिले कोरोनाको विश्वब्यापि महामारी चलिरहेको छ र प्रमाणित भएको कुनै उपचार छैन । प्रमाणित भइसकेको औषधि नभएको हुँदा हाम्रो अध्ययनले निकालेको निष्कर्षको औषधि भ्याक्सिन पत्ता लाग्नुभन्दा पहिला ब्यापक प्रयोगमा आउने हाम्रो दाबी छ ।

उक्त अध्ययन र परिक्षण जिवित कोरोना भाइरसमाथि गरिएको थियो ।


पुष्प दुलाल