लकडाउनः एक स्थानीय तहबाट अर्कोमा जान कडाइ, समय थप्ने/नथप्ने निर्णय सोमबार मात्रै



काठमाडौं । सरकारले लकडाउनको नियमलाई कडा बनाउने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमणले ‘लोकल ट्रान्समिसन’ हुँदै दोस्रो चरणमा प्रवेश गरेसँगै सरकारले लकडाउनलाई अझ कडा बनाउने निर्णय गरेको हो ।

जस अनुसार प्रदेशस्तर, जिल्ला स्तरहुँदै स्थानीय तहसम्म आवतजावतमा कडाइ गर्ने निर्णय गरिएको अर्थ तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

पत्रकारसँग कुरा गर्दै मन्त्री खतिवडाले लकडाउनको समय थप्ने वा नथप्ने निर्णय सोमबार मात्रै हुने समेत जानकारी दिए ।


क्लिकमान्डु