कोरोनाले पारेको असरलाई नीतिगत सम्बोधन हुन्छ



काठमाडौ । विश्वभर फैलिएको कारोना भारसको कारण नेपालको बीमा क्षेत्रमा पनि धेरै असर देखिने भएको छ । समितिले यस क्षेत्रमा परेको असरको न्यूनिकरणको लागि नीतिगत व्यवस्था गर्ने भएको छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कोरोनाको कारण नेपालमा मात्रै नभएर विश्वमा नै असर परेको छ । त्यसको असर बीमा क्षेत्रमा पनि परेको छ ।

कोरोनाको असर रोकिएपछि बीमा समितिले केही नीतिगत व्यवस्था गर्ने बताउँदै पौडेलले भने, ‘अहिले पनि समितिले आवश्यकता अनुसार विभिन्न काम गरिरहेको छ ।’

चालु आर्थिक वर्षमा बर्ष बीमा क्षेत्र अन्तर्गत जीवनतर्फ १ अर्ब २० करोड रुपैयाँ प्रिमियम संकलन होला भन्ने अपेक्षा रहेपनि त्यो अपेक्षा पुरा नहुने भएको छ ।

पौडेलका अनुसार १ अर्ब २० करोड रुपैयाँ प्रिमियम संकलन हुनेमा कोरोनाको कारण यो वर्ष ९० करोडको हाराहारीमा मात्रै प्रिमीयम संकलन हुने उनको भनाई छ । यस्तै निर्जीबन बीमा तर्फ ४० करोड हाराहारीमा प्रिमीयम संकलन हुने अपेक्षा रहेकोमा यो वर्ष २८ करोड भन्दा पनि कम हुने उनको भनाइ छ ।

कोरोनाको कारण जीवन र निर्जीबन बीमा क्षेत्रको प्रिमियम संकलनमा कमी आउने उनको तर्क छ । कोरोनाका कारण बीमा क्षेत्रको मात्रै नभएर विश्वको अर्थतन्त्रमा निकै असर देखिएको छ । बीमा क्षेत्रमा पनि निकै असर देखिने बीमा समितिले जनाएको छ ।

हाल कुल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान ३ प्रतिशतको हाराहारीमा रहेको छ । कोरोनाको कारण यसमा पनि गिराव आउने देखिएको छ । यो वर्ष बीमा क्षेत्रको दायरा बढाउने चाहना भए पनि कोरोनाका कारण बीमाको पहुँच पनि घटने देखिएको उनको भनाइ छ ।

अहिलेको अवस्थामा बीमा कम्पनीहरुले व्यवसायको नविकरणमा ध्यान दिने बेला आएको उनको तर्क छ ।

अहिलेको अवजस्थ बीमा समितिले आवश्यक निर्देशन दिएको र कोरोनाको संक्रमण न्यून भएसँगै समितिले केही नीतिगन व्यवस्था गर्ने पौडेल बताउँछन् ।

कोरोनाले बीमा क्षेत्रको पहुँचमा पनि संकुचन आउने देखिएको छ । अहिले बीमाको पहुँच २२ प्रतिशत रहेको भनेपनि कोरोनाको यो त्रैमासमा कमी आउने छ । यो क्रम चालु आवको अन्तिम त्रैमासमा केही सुधार आउने आंकलन रहेको पौडेलको भनाइ छ ।

उनले भने ‘कोरोनाको असर कतिसमय रहन्छ भन्नेले पनि फरक पार्छ । कोरोनाले बीमा क्षेत्रको दायरामा पनि निकै असर पर्ने उनको भनाइ छ ।


पुष्प दुलाल