अर्थले रोक्यो १४ शिर्षकको बजेट, कर्मचारीको तालिमदेखि सवारी साधन खरिदसम्म

371
Shares

काठमाडौं । अर्थ मन्त्रालयले १४ वटा शिर्षकको खर्चमा रोक लगाएको छ । मन्त्रालयले सूचना नै जारी गरेर विभिन्न १४ वटा शिर्षकको खर्चमा रोक लगाएको हो ।

मन्त्रालयले उक्त शिर्षकको बजेट कटाएर विनियोजित बजेटलाई आवश्यकता अनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रण लगायतका क्षेत्रमा स्रोत व्यवस्थापन गर्ने जनाएको छ ।

मन्त्रालयले सेवा र परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनसचेतना तालिम तथा गोष्ठी सम्बन्धि खर्च, विविध कार्यक्रम खर्च, अनुगमन, मूल्याङकन खर्चमा रोक लगाएको छ ।

यस्तै भैपरी आउने चालु खर्च, सवारी साधन, मेशिनरी तथा औजार, फर्निच तथा फिक्चर्स, कम्प्यटर सफ्टवेयर निर्माण तथा खरीद खर्च एंव अन्य बौद्धिक सम्पती प्राप्ति खर्च, पुुँजीगत अनुुसन्धान तथा परामर्श, जग्गा प्राप्ति र भैपरी आउने पुँजीगत खर्चमा रोक लगाएको हो । मन्त्रालयले चैत २० गतेसम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेको कार्यक्रम तथा परियोजनाहरूले मात्रै बजेट पाउने छन् ।