लकडाउन, वर्क फ्रम होम, युरोप र हाम्रो नेपालः बैंकर दिनेश थकाली

दिनेश थकाली २०७६ चैत १९ गते १०:०० मा प्रकाशित

‘तुफानलाई शान्त बनाउन सकिँदैन, आफू शान्त रहने र सो टर्ने पर्खाइ बाहेक अन्य समाधान रहँदैन,’ सन् २००६ तीर फाइनान्सियल टाइम्सका स्तम्भकार लुसी केलेवेले वर्क फ्रमहोम बारेमा लेखेको कोलमको बाक्य हो यो ।

कोरोनाविरुद्ध लकडाउनमा घरमै सेल्फ आइसोलेशन बसेर कार्यस्थलसँग विधुतिय सम्पर्कमा रहनु पर्दा लुसीको उक्त भनाइको याद आयो । जुन अहिले खोज्दा भेटिँन ।

यस्तै म्यानेजमेन्ट ट्रेन्ड र जार्गोन बारेमा स्याटेरिकल कोलम लेख्ने उनको त्यो लेख बल्ल अनुभुत भइरहेको छ । सो समयमा भर्खर वर्क फ्रम होम (टेलि कम्युटिङ्ग), फ्लेक्जिवल वर्किङ्ग आवरजस्ता कन्सेप्ट शुरु भएकोमा सो कति प्रोडक्टिभ र कति फाइदाजनक वा बेफाइदाजनक भन्ने सटिक विश्लेषण थियो ।

घोडाको नालले किल्चिएर टुँडी नामको प्रेत मारिएकोले उत्सव मनाउन शुरु भएको घोडे जात्राकै दिन कारोनाको भाइरस फैलन नदिन नेपाल सरकारले लकडाउन गर्यो । लकडाउनपछि व्हाट्सएप, जुम, भाइवर अनि ल्यापटप नै हामी सबैको कार्यस्थल हुनथाल्यो ।

अफिसमा निश्चित समयमा सम्पर्क भइनेमा, विधुतिय हुँदा बिहानदेखि रातिसम्म आआफ्नो सहजता र आवश्यकतामा बज गरिदिने हुँदा वर्क फ्रम होम होइन ‘वर्क अल डे लङ्ग’ भनेजस्तो अनुभूत रहने रहेछ ।

लकडाउनपछि माइक्रोसफ्ट टिम्स, स्ल्याकमा दसौं लाख थप युजर थप भए । जुम, व्हट्सएपमा ४० प्रतिशतसम्मको प्रयोग बढेको सन्दर्भमा वर्क फ्रम होम संसार जगतमा सान्दर्भिक र एकमात्र उपाय हुन गएको देखियो ।

लुसीले सो लेख लेख्दा आफैं केही समय घरबाट काम गरेर अनुभव लिएकी थिइन् । उनले लेखेकी थिइन, ‘छिनछिनमा कफी खान उठ्न मन लाग्ने, त्यसै लघुशंका लागेजस्तो हुने आदिले कन्सन्ट्रेसन रहेन ।’

लकडाउनपछि सामाजिक सञ्जालभरी पुरानो जमानाको फोटोको उत्खननको खेती मौलायो । र, त्यसमा मुनामदनलाई माथ दिने कमेन्टहरु अनि उक्त कमेन्टमा फर्काइने साहित्यिक जवाफ । सामाजिक सञ्जालमा भाइरल बनेका टोलहरु । यो देख्दा हामी नेपालीहरु निकै क्रिएटिभ भएको अनुभूति पनि मिल्यो ।

दैनिक मिष्ठान्न पकवानको तस्विर देख्दा कसैको कार्यस्थलप्रति त्यति कन्सन्ट्रेसन रहेजस्तो लागेन अहिले पनि । लकडाउन सकिँदासम्म ज्यानको तौल एकदुई किलो थप हुँदा सामान्य नै लिए भयो ।

लकडाउनमा बल्ल थाहा भयो । मान्छेहरुले सधैं फलाने व्याङ्कवेट कहाँ हो भनेर सोध्न आएको त घर मुन्तिरको बाटैमा रहेछ । पल्लो पट्टीको चोककोे नाम भानु चोक रहेछ । बुढानिलकण्ठ मन्दिरमाथि शिवपुरी, स्तुपादेखि नारायण गोपाल चोकसम्मको ३६० डिग्री भ्यू पनि घरकै छतबाट उपलव्ध रहेछ ।

एकजना बहिनी कहिले कम्पाउण्डमा जगिङ्ग, कहिले चिया पकाउने विधिबारेमा लाइभ दिइराखेकी थिइन् । डेढ घण्टाको नेटफ्लिक्सको मुभि छोटो भएर सबैजना सिरिजतिर लागेर सम्पूर्ण सिजन नै सकाएको देखियो ।

पढ्दाताका हामी केही साथीहरु रिडर्स क्लब नै बनाएर अहिले बच्चाहरुको डे होस्टल भनेजस्तै बिहानदेखि बेलुकासम्म बसी पढ्ने जमर्को गर्थ्यौं । खाजा र लन्च पोको पारेर क्लवमा छिर्ने हामी पालैपालो सबको टिफिन खाँदा पनि डिनरसमेत ब्रेक फास्टकै समयमा सकिने अवस्था आएपछि हामी तितरबितर हुन्थ्यौं । अहिले वर्क फ्रम होम पनि खाली खानाबाहेक अरु कसैलाई केही सम्झना भएजस्तो लागेन ।

लुसीले थप लेखेकी थिइन्, ‘एक हप्ताको बसाइमा पल्लो घरका कुकुरको रङ्ग कस्तो रहेछ ? कति मान्छे बस्दा रहेछन् ? सम्पूर्ण जानकारी भयो ।’

लकडाउनमा बल्ल थाहा भयो । मान्छेहरुले सधैं फलाने व्याङ्कवेट कहाँ हो भनेर सोध्न आएको त घर मुन्तिरको बाटैमा रहेछ । पल्लो पट्टीको चोककोे नाम भानु चोक रहेछ । बुढानिलकण्ठ मन्दिरमाथि शिवपुरी, स्तुपादेखि नारायण गोपाल चोकसम्मको ३६० डिग्री भ्यू पनि घरकै छतबाट उपलव्ध रहेछ । घरमा कहाँ झार पलाएछ ? कहाँ पर्खाल चिरा पर्न आँटेछदेखि कति क्षेत्रफल दुबो सुक्न थालेछ ? भन्नेसम्मको इन्स्पेक्सन भयो ।

७० देखि ८५ मिलियनको ज्यान लिएको दोस्रो विश्वयुद्धबाट त शहरहरु पुन:निर्मित हुने रहेछ, अझ मजबुत र आधुनिक भई, यो समय पनि कसो नटर्ला ?

लुसीले अर्को प्यारामा लेखेकी थिइन्- ‘को वर्कर नजिक नभएको आभाष भएपछि छिनछिनमा इमेलबाट हेल्लो भन्न मन लाग्ने । र, अफिसमा बसेकाले पनि मेसेज पठाइरहने रहेछन् । लकडाउनले थाहा भयो, ह्वाट्सएप, भाइवर, जुममा विभिन्न विभाग, क्षेत्रगत र सम्पर्कमञ्च गरी दर्जन ग्रुप रहेकोमा सोमा छिनछिनमा बज भइने रहेछ ।’

अफिसमा निश्चित समयमा सम्पर्क भइनेमा, विधुतिय हुँदा बिहानदेखि रातिसम्म आआफ्नो सहजता र आवश्यकतामा बज गरिदिने हुँदा वर्क फ्रम होम होइन ‘वर्क अल डे लङ्ग’ भनेजस्तो अनुभूत रहने रहेछ । एक जनाले पठाएको म्यासेज सान्दर्भिक नभएता पनि सबै ग्रुपमा जाँदा छिनछिनमा अनावश्यक पोक भइने रहेछ बेफ्वाकमा ।

लुसीले फेरी सबै नेगेटिभमात्र भनिन् भन्ने भ्रम नरहोस् । उनले लेखेकी थिईन्, ‘डेढ घण्टाको पट्यार लाग्दो आवतजावतको समय कम भएको महशुस भयो ।’

पक्कै पनि कोटेश्वर, कलंकी, महाराजगञ्ज, थापाथलीको बस्नु पर्ने जामको पिडा हामीले यो ८ दिनमा विर्सन थालेका छौ ।

पास लिएर लिन आएका ड्राइभर भाईले भन्दै थिए, ‘दुबईमा मल्टी लेनमा चलाएको जस्तो भयो सर ।’

स्याटलाइट तस्विरमा प्रदुषणको मापनमा अस्ट्रेलियाको आगलागीले क्षतविक्षत ओजोन तह पुनरागमन भएको देखाएको छ । अर्को फाइदा सो पनि होला घरमै कार्यस्थल बनाउँदा ।

अस्ति एउटा भाईले भन्यो- इटालीमा त नोभेम्वरमा नै थियो रे कोरोना ।’

नोभेम्बरमा नै एकहप्ता युरोपका ५ देश म्याराथन भ्रमण गरेर आएको मेरो घाँटी खसखस भए जस्तो भयो ती भाइको कुरा सुनेपछि । जर्मनीबाट आम्सटर्डम प्रवेश हुँदा रविन्द्र मानदाइले बाटोमा लहरै भएका घर देखाउँदै भन्नुभयो, ओपन विन्डो हुन्छ याहाँ ज्यादा तर ।

पारदर्शिता र खुलापनको आभाष दिनहोला धेरै घरमा पर्दा रहेनछ । ठुला ठुला अफिस घर पनि बाहिरबाट पारदर्शीरुपमा देखिने । त्यही खुलापनकोे असरले होला अहिले युरोपमा कोरोना संक्रमितको ग्राफ सगरमाथा चढेजस्तो बढिरहेको छ ।

आम्सटर्डममै बस्ने साथीले विवरण प्रदान गरे, आम्सटर्डम पुरानै आर्किटेक्चरमा विस्तारित छ । तर दोस्रो विश्वयुद्धमा पूर्णध्वस्त भएको रोटर ड्रम आधुनिक वास्तुकलाले पुनःनिर्मित भएको हो । सो भनाइ सम्झिँंदा अहिलेको मन्दी र आर्थिक संकटउन्मुख विश्व अर्थतन्त्रले चिन्तित मानसपटललाई केही ढाडस भयो ।

७० देखि ८५ मिलियनको ज्यान लिएको दोस्रो विश्वयुद्धबाट त शहरहरु पुननिर्मित हुने रहेछ, अझ मजबुत र आधुनिक भई, यो समय पनि कसो नटर्ला ? (लेखक थकाली प्रभु बैक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत हुन् ।)

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स