कोरोनासँग लड्न कुमारी बैंकको ७० लाख सहयोग



काठमाडौं । कुमारी बैंकले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीको रोकथामका लागि राष्ट्रिय राहत कोषमा योगदान पुर्याएको छ । प्रत्येक प्रदेशबाट १० लाख रुपैयाँका दरले बैंकले कूल ७० लाख रुपैयाँ सहयोग गरेको छ ।

सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोष’मा बैंकले उक्त रकम सहयोग जम्मा गरेको हो ।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा १० लाखका दरले जम्माहुने गरी सहयोग उपलब्ध गराएको हो । सो सहयोगमार्फत कोरोना भाइरसको रोकथामका साथै न्यून आम्दानी भएका अतिविपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिकउपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग पुग्नेमा बैंक विश्वस्त छ ।

मंगलबार बैंकका गण्डकी प्रदेश प्रमुख नवीन राजपौडेलले उक्त प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १० लाखको सहयोग रकम हस्तान्तरण गर्दै सहयोग गरेका छन् ।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।


पुष्प दुलाल