बुधबार एनएमबि बैंकका यी २७ शाखा खुल्छन्



काठमाडौं । एनएमबि बैंकले बुधबार देशभर २७ वटा शाखा खोल्ने जनाएको छ । लकडाउनको अवस्थामा पनि बैंकले २७ वटा शाखा खोलेर ग्राहकलाई बैंकिंग सेवा प्रदान गर्ने भएको हो ।

बैंकले प्रदेश नं. १ र प्रदेशन नं. ३ मा सबैभन्दा धेरै ७ ७ वटा शाखा खोल्ने जनाएको छ भने २ नम्बर प्रदेशमा ५ वटा र ४ र ५ नम्बर प्रदेशमा ४/४ वटा शाखा खोल्ने जनाएको छ । यो बैंकले अरु बैंकले जस्तो सम्पर्क व्यक्ति र नोवाइल नम्बर उपलब्ध गराएको छैन ।

सरकारले चैत ११ गतेदेखि २५ गतेसम्मका लागि लक डाउन गरेको छ । लक डाउनमा पनि बैंकहरुले निश्चित शाखा खोलेर सेवा प्रदान गर्दै आएका छन् । 


पुष्प दुलाल