बुधबार प्रभु बैंकका यी ३५ शखा खुल्छन् (सूचिसहित)



काठमाडौं । लक डाउनकाबीच पनि भोलि अर्थात् बुधबार प्रभु बैंकले ३५ वटा शाखा खोलेर ग्राहकलाई सेवा दिने भएको छ । बैंकले सबैभन्दा बढी बाग्मती प्रदेशमा १२ वटा शाखा खोल्ने भएको छ भने सबैभन्दा कम शुदुरपश्चिम अर्थात् प्रदेशन नं. ७ मा २ वटामात्रै शाखा खोल्ने भएको छ ।

त्यसैगरी, प्रदेश नं. १ मा ५ वटा, २ मा ६ वटा, ४ मा ४ वटा र ५ मा ६ वटा शाखा खोल्ने जनाएको छ । बैंकर्स संघले गरेको निर्णय अनुसार बैंकले कम्तिमा पनि ११ बजेदेखि १ बजेसम्म यी शाखाबाट बैंकिग सेवा उपलब्ध गराउने छ ।

बैंकले बुधबार खोल्ने शाखाहरुको विवरणसँगै ती शाखाबा म्यानेजर र उनीहरुको मोवाइल नम्बरसमेत सार्वजनिक गरेको छ । तपाईंले ती व्यक्तिहरुलाई सम्पर्क गरेर पनि सेवा लिन सक्नुहुनेछ ।

सरकारले चैत ११ गतेदेखि २५ गतेसम्मका लागि लक डाउन गरेको छ । लक डाउनमा पनि बैंकहरुले निश्चित शाखा खोलेर सेवा प्रदान गर्दै आएका छन् ।


पुष्प दुलाल