कोरोना रोकथाममा खट्ने कर्मचारीलाई सरकारले २५ लाख रुपैयाँसम्मको बीमा गरिदिने



काठमाडौ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा संलग्न कर्मचारीहरुलाई सरकारले २५ लाख रुपैयाँसम्मको बीमा निःशुल्क गरिदिने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने कर्मचारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो ।

डाक्टर, नर्स, स्वास्थकर्मी, एम्बुलेन चालक, सुरक्षाकर्मी लगायतलाई यस्तो सुविधा उपलब्ध गराइने सरकारले जनाएको छ ।

‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचारमा संलग्न, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अस्पतालमा सरसफाइमा काम गर्ने कर्मचारी, एम्बुलेसन्स चालक, सुरक्षामा प्रत्यक्ष रुपमा संलग्न सुरक्षाकर्मीलाई २०७७ असार मसान्ससम्मको लागि निःशुल्क २५ लाख रुपैयाँसम्मको बीमा र क्षतिपूर्ति दिने व्यवस्था राज्यले गर्ने निर्णय गरिएको छ,’ राहत प्याकेज घोषणा गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले भने ।


पुष्प दुलाल