लकडाउनका ५ दिन: राजस्व २ अर्ब उठ्दा खर्च ८ अर्ब



काठमाडौं । कोरोना भाइरसलाई नियन्त्रणमा लिन सरकारले गरेको लकडाउनको ५ दिनमा राजस्व संकलन २ अर्ब मात्र भएको छ । यो अवधीमा सरकारले ८ अर्ब रुपैयाँ खर्च गरेको देखिएको छ ।

सरकारी हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार लकडाउन घोषणा हुने अघिल्लो दिन चैत १० सम्ममा ५ खर्ब ६४ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । चैत २८ सम्ममा ५ खर्ब ६६ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

सरकारको खर्च भने यो ५ दिनको अवधीमा ८ अर्ब रुपैयाँ भएको देखिन्छ । गत सोमबारसम्ममा ६ खर्ब २९ अर्ब रुपैयाँ सरकारले खर्च गरेको थियो । चैत २८ सम्ममा ६ खर्ब ३७ अर्ब रुपैयाँ खर्च भएको छ ।

लकडाउनसँगै अत्यावश्यक वस्तुको आयात भएको छ । जुन नगन्य नै छ । यसबाहेकका अन्य वस्तुहरुको आयात भएको छैन । व्यवसायिक कारोबार बन्द भएपछि सरकारी ढुकुटीलाई समेत दवाव हुने देखिएको छ । सरकारको विकास खर्च भने ठप्प भएको छ । तर,कोरोना भाइरसको कारण अर्थतन्त्रलाई उद्दार गर्ने प्याकेज ल्याउने दवाव सरकारलाई छ ।


क्लिकमान्डु