एनसेलको रिचार्जमा अब १२० प्रतिशतबोनस ब्यालेन्स



काठमाण्डौं । एनसेलकासबै ग्राहकले बिहीबारदेखि लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशतबोनस प्राप्त गर्न सक्ने भएका छन् ।

एनसेल प्राइभेट लिमिटेडले कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकमको प्रतिशतमा वृद्धि गरेको हो ।

ग्राहकले रिचार्ज वापतप्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रकाअन्यनम्बरहरुमाकल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउनप्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ ।

यो योजनाअन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु २००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् । उदाहरणका लागि यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६० प्राप्तगर्दछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६०० प्राप्तगर्दछन् । बोनस रकमतीनदिन सम्मकालागिमान्यहुनेछ ।

हालको विपद्को परिस्थितीलाई मध्यनजर गदैं बुधबारमात्रएनसेलले निःशुल्कब्यालेन्स ट्रान्सफर सेवा, ७दिन समयावधिभएको १५ जिबीको स्टे होम प्याक र रु २०० सम्मएनसेल सापटी लिन सकिने व्यवस्थापनि गरेको थियो ।


पुष्प दुलाल